Author: Nisha Shrestha

काठमाडौँ- मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। संघमा गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिन लागेको एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जानकारी दिए। एमालेबाट मधेस सरकारमा रहेका ४ मन्त्री र एक जना राज्यमन्त्रीले आज दुई बजे राजीनामा दिन लागेको मन्त्री यादवले बताए। ‘गएराति मुख्यमन्त्रीज्यूले फोन गरेर हामीलाई राजीनामा गर्न भनेपछि राजीनामा गर्न लागेका हौं,’ उनले भने। राष्ट्रपतिको चुनावताका एमालेसँग गठबन्धन भत्किएलगत्तै मुख्यमन्त्रीले एमालेलाई सरकारबाट हटाउन चाहेका थिए। तर बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई एमालेले सहयोग गर्ने आशमा उनी मौन थिए। त्यहाँ एमालेले समेत उम्मेदावारी दर्ता…

Read More

टेकसिंह धामी, धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा प्रदेशको आर्थिक मामिला मन्त्रालयले आयोजना गरेको पूर्व बजेट छलफल जारी छ। हिजो (सोमवार) देखि सुरु भएको उक्त आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम तजुृमा सम्बन्धमा स्थानीय तहहरुसँग छलफल कार्यक्रम आज समापन गरिने छ। हिजो प्रदेशका गाउँपालिकाहरुका अध्यक्ष, उपाध्यक्ष लगायत कर्मचारी तथा सरोकारवालाहरुसँग छलफल गरिएकोमा आज नगरपालिकाहरुसँग छलफल गरिदैछ। उक्त छलफलमा नगरपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतका साथै जिल्ला समान्वय समितिका पदाधिकारीहरु समेत सहभागी छन्। प्रदेशमा भ्रष्टाचार र कमिसनको खेललाई निस्तेज पार्न उक्त कार्यक्रम आयोजना गरिएको र आफू त्यसमा लागिपरेको आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले बताए। उनले विगतमा प्रदेश सरकारले…

Read More

धनगढी- सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको एक घरभित्र बाघ पसेको छ। जिल्लाको सायल गाउँपालिका–५ पटकानी टोलको देबबहादुर बोगटी (एक्वार धामी )को घरमा बाघ घरभित्र पसेको हो। बाघ घरभित्रै पसेपछि गाउँमा त्रास बढेको छ। घरभित्र पसेको बाघ नियन्त्रणमा लिन अहिले डिभिजन वन कार्यलय डोटीको टोलि घटनास्थल गइरहेको बताइएको छ। बाघ गाउँमा प्रवेश गरेर घरभित्रै पसेपछि गाउँमा त्रास बढ्नुका साथै गाउँलेहरुको भागभाग परेको छ। अहिलेसम्म बाघले कुनै मानवीय क्षति भने नगरेको बताइएको छ।

Read More

काठमाडौँ – माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने भएका छन् । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन्। द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तर्क्रिया गरिने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए । ‘माओवादी धाराको यसअघिकै कार्यक्रमको निरन्तरता स्वरूप चैत २७ गते अन्तर्क्रिया गर्न थालेका छौँ । द्वन्द्वरत पक्ष र विपक्ष दुवै राखेर छलफल हुने छ । अरू सरोकारवाला निकायलाई समेत बोलाएको छ’ बुढाले भने, ‘सबैपक्षसँग अन्तर्क्रिया गरेर शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन खोजिएको हो ।’ शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्‍याउनु माओवादीको मात्रै नभएर…

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाममुखी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मन्त्रीपरिषद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रका सामु जटिल चुनौती रहेकोले जनताका पक्षमा परिणाममुखी काम गर्न निर्देशन दिएका हुन् । उनले अहिले खादा र मालामा भुल्ने समय नभएको भन्दै उनले भने, ‘राष्ट्र चौतर्फी सङ्कटमा छ। अब तदर्थ ढङ्गले सरकार चलाएर हामीले परिणाम दिने र जनताको विश्वास जित्ने अवस्था छैन । खादा–मालामा भुल्न हामीसँग समय छैन। ‘सम्भव छैन’ भन्ने निराशावादी निष्क्रियतालाई सरकारमा कुनै ठाउँ नहोस्।’ प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरूले अहिले नै बधाई लिने बेला नभएको बताएका छन् । ‘बधाई अहिले म भनिहाल्दिनँ किनकि त्यसका लागि पहिले हामीले आफ्नो…

Read More

बैतडी – बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुङ्गा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डुङ्गा सञ्चालनमा रोक लगाएको हो । यहाँका अन्य घाटमा सहजैरुपमा डुङ्गा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुङ्गा चालक सुरेन्द्र चन्दले जानकारी दिए । पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटहरूमा डुङ्गा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ । गाउँपालिकाले ६६ हजार ठेक्कामा डुङ्गा चलाउने अनुमति दिए पनि एसएसबीले डुङ्गा चलाउन रोक लगाएको उनको भनाइ छ । ‘महाकालीमा डुङ्गा चलाएरै…

Read More

काठमाडौँ – सभामुख देवराज घिमिरेले सामुदायिक शिक्षाको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। मङ्गलवारदेखि काठमाडौँमा सुरु भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभामुख घिमिरेले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन भए पनि सामुदायिक विद्यालयको शिक्षामा आधारभूत परिवर्तन हुन नसकेको बताएका हुन् । उनले भने,‘नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक सुनिश्चित गरेको छ । आधारभूत शिक्षा निःशुल्क र सर्वसुलभ भए पनि कार्यान्वयन भएको छैन। शिक्षाले देशको भविष्य निर्धारण गर्छ ।’ सभामुख घिमिरेले संघीय शिक्षा ऐन आउन बाँकी रहे पनि भएका कानुन पनि प्रभावकारी कार्यान्वयन नभएको बताए । उनले भने, ‘भएका कानुन कार्यान्वयनमा किन बाधा पुगेको छ ?…

Read More

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकार बन्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा उनले त्यसपछि कुनै पनि ताकतले रोक्न नसक्ने बताएका हुन् । आगामी १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाए पनि केही फरक नपर्ने बताए । आफू त्यसको सामना गर्दै अगाडि बढ्ने उनको दाबी छ । उनले पार्टी गठनको ६ महिनामा २० सिट जितेको र अब पाँच वर्षमा दुई तिहाइ बहुमत ल्याएर सरकार चलाउने कुरामा ढुक्क हुन आग्रह गरे। उनले भने, ‘अब ५ वर्षमा दुई तिहाइ हुनसक्छ’ उनले भने–‘जसले जति मुद्दा र षड्यन्त्र…

Read More

धनगढी – कैलालीको जोशीपुर गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा बसेका छन्। गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु विगत लामो समयदेखि तलबभत्ता नपाएको भन्दै शुक्रवारदेखि धर्नामा बसेका छन्। स्वास्थ्यकर्मीेको धर्नालाई मध्यनजर गर्दै नेपाल स्वास्थकर्मी संघ कैलालीले प्रेस विज्ञप्ती निकालेको छ। श्रमजिवीहरुको टे«ड युनियन अधिकारलाई मध्यनजर गर्दै समस्त स्वास्थकर्मी नियमअनुसार परिश्रमिक भुक्तानी गरियोस, जोशीपुर गाउँपालिकाले सिघ्र वार्तागरि श्रम ऐन बमोजिम पारिश्रमिक भुक्तानी र सेवा सुविधाको सुनिश्चतता गरियोस भनी नेपाल स्वास्थकर्मी संघ कैलाली माग गर्दछ, विज्ञप्तीमा भनिएको छ।

Read More

काठमाडौं – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव दिउँसोदेखि साँझसम्म सिंहदरबारमा भेटघाटमै व्यस्त छन । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएसगैं भारतीय राजदूत श्रीवास्तव मन्त्रीहरुलाई भेटेर बधाई तथा शुभकामना दिने उद्देश्यले सिंहदरबारमा देखिएका हुन् । राजदूत श्रीवास्तव ऊर्जा, जलस्रोत तथा सिचाईंमन्त्रीसँग भेटवार्ता गर्न दिउँसो पौने ३ बजे ऊर्जा मन्त्रालय पुगेका थिए । भारतीय दूतावास स्रोतका अनुसार ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग राजदूत श्रीवास्तवले झण्डै आधा घण्टा कुराकानी गरेका थिए । लगत्तै अर्थमन्त्रीसँग भेट्ने कार्यक्रम रहेको उनको मन्त्रिपरिषद् बैठकका कारण साढे २ घण्टा पछाडि सरेपछि साँझ साढे ६ बजे अर्थ मन्त्रालय पुगेका थिए । अर्थमन्त्री डा. प्रकाशशरण महत र राजदूत…

Read More