Author: Nisha Shrestha

म्याग्दी – आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी हुनुभएको छ । परीक्षामा ५७ वर्षीया राधादेवी पुन, ५० वर्षीया डिलकुमारी पुर्जा, इन्द्रामती फगामी ३७ वर्षीया, सङ्गीता छिनाल ३५ वर्षीया, तुलकमारी मल्ल केसी ५४ वर्षीया, धनकुमारी विक ३९ वर्षीया, रामदेवीपुन ४० वर्षीया, विष्णुकुमारी गुरुङ ४९ वर्षीया र पूजा छन्त्याल २८ वर्षीया सहभागी हुनुभएको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । बेनी सामुदायिक विद्यालयअन्तर्गत विसं २०७३ मा स्थापना भएको उज्यालो वैकल्पिक विद्यालय मङ्गलघाटस्थित सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलाबाट पठनपाठन सञ्चालन गरिँदै आएको छ । महिलाहरुको पढ्ने…

Read More

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले डा. स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । भट्टराईले देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले नहुने भन्दै वाग्लेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित नहुने बताएका हुन् । वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने उनको भनाइ छ । ‘डा. स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने नै छन्। तर यसलाई त्यत्तिकै हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन,’ उनले भनेका छन्, ‘देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः डा। वाग्लेको विद्रोहलाई गम्भीर…

Read More

कैलाली – टीकापुरमा नगरपालिकाले निर्माण गरेको बायो ग्यास प्लान्ट एक वर्षदेखि अलपत्र परेको छ । सामुदायिक छाडा चौपाया व्यवस्थापन गर्ने र त्यही चौपायाको गोबरबाट ग्यास उत्पादन गरेर विपन्न ५५ घरधुरीका लागि पाइप लाइनबाट घरमै ग्यास पु¥याउने भनिए पनि गोबरको अभाव र निर्माण कम्पनीले प्लान्ट नगरपालिकालाई हस्तान्तरण गर्न नसक्दा अलपत्र परेको हो । खोटेना भुराखानी सामुदायिक वनमा निर्माण भएको गौशालासँगै विपन्न परिवारलाई सहुलियतमा घरघरमा ग्यास पु¥याउने उद्देश्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको आयोजना समयमा हस्तान्तरण नहुँदा त्यसको लाभ उठाउन सकिएको छैन । रु एक करोड ६० लाखमा बनेको प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको…

Read More

गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिकामा १० शय्याको अस्पताल निर्माणका लागि शिलान्यास गरिएको पालिका अस्पताल अलपत्र परेको छ । गाउँपालिकाले अस्पताल निमार्णमा चासो नदेखाउँदा अलपत्र परेको हो । अस्पताल निमार्णका लागि २०७८ असार २५ गते गाउँपालिका र मालिका एच.टि.सि. जेवी महेन्द्रनगर कञ्चनपुर निर्माण कम्पनी संग १३ करोड ६७ लाख ९५ हजार भ्याटसहित २०८० असार मसान्तसम्म अस्पला निमार्ण सम्पन्न गरिसक्ने गरि सम्झौता भएको थियो । गाउँपालिकाले २०७८ कार्तिक ९ गते डिलाशैनी—७ खेतिगाउँमा अस्पताल निमार्ण गर्न जग्गा उपलब्ध गराएको थियो । ठेकेदारले अस्पताल निमार्णका लागि जग्गा सम्म्याउने,निमार्ण सामाग्री,भौतिक संरचना लगायत अन्य आवस्यक मेसिनहरु पुर्याइ निमार्ण कार्य अगाडी बढायो । भवन निमार्णका लागि जग…

Read More

काठमाडौँ- स्रोत नखुलेको नेपाली १४ लाख रुपैयाँसहित दुईजनालाई धनुषामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाधामका ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउँका १९ वर्षीय कृष्ण साह छन् । बिहीबार अपराह्न ४ बजेको समयमा धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट दुवै जनालाई रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार भारतको जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं. २-०२-००३ प ७०४५ नं. को मोटरसाइकल चेक गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको १४ लाख रकम बरामद गरिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लाग्नुभएका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।—

Read More

काठमाडौँ – नेपाली चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शनमा आएको छ। प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ। गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन्। धनगढीबाट आफ्नी दिदी भिनाजुको घरमा आएकी प्रेमाले बस विसौनीमै आकाशलाई झगडा गर्दै गरेको चलचित्रमा देखिन्छ। प्रेमालाई आकाश गुण्डा झैँ लाग्छ। थुनामा पारेपछि मात्र प्रेमालाई आकाश निर्दोष रहेको थाहा हुन्छ। आफ्नो गल्तीलाई भुलाउँदै क्षमा माग्नुभएकी प्रेमा विस्तारै आकाशसँग नजिकिँदै प्रेममा पर्छन्। यद्यपि भौगोलिकसँगै विचार र व्यवहारमा समेत फरक देखिएको सो जोडीको प्रेममा समस्या आउँछ।…

Read More

धनगढी – पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीमबहादुर रावललाई सच्चिन आग्रह गरेका छन्। आज (शुक्रवार) प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले यस्तो आग्रह गरेका हुन्। पौडेलले अब भीम रावल नसच्चिए पार्टीले उचित निर्णय लिने पनि बताए। अब पार्टीले भीम रावलको तमासा सहेर बस्न नसक्ने पनि उनले दाबी गरे। यस्तै १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा बाहिर गएको उनले आरोप लगाए। ‘उहाँ १० औँ महाधिवेशनपछि पार्टीको विधि विधान मान्न थाल्नुभएन, केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत गर्दा पनि उहाँले स्वीकार गर्नुभएन’, पौडेलले भने ‘त्यसयता अहिलेसम्म पनि उहाँले पार्टीको नीति र नेतृत्व…

Read More

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार भने १ लाख ८ हजार २ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More

भैरहवा – सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले गौरव गर्न लायक कामको थालनी गरेको बताएकी छन् । नेकपा माओवादी केन्द्र सिद्धार्थनगर समिति रुपन्देहीले आज गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले परिवर्तनकारी तप्काले गौरव महसुस गर्ने गरी काम थालेको बताएकी हुन् । जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिने, सहिदहरूको नाम राजपत्रका प्रकाशित गर्नेलगायत गौरव गर्न लायक कामको थालनी गरिएको उनले बताइन् । मन्त्री शर्माले सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनेदेखि मिटरब्याजलाई अपराध घोषणा गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा योजनामा समेट्ने, किसानको उत्पादनको समर्थन मूल्य तोक्ने लगायतका कामको थालनी गरिएको जानकारी दिइन् । अब सरकार विस्तारपछि नतिजा देखिने महत्त्वपूर्ण…

Read More