काठमाडौँ- स्रोत नखुलेको नेपाली १४ लाख रुपैयाँसहित दुईजनालाई धनुषामा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाधामका ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउँका १९ वर्षीय कृष्ण साह छन् ।
बिहीबार अपराह्न ४ बजेको समयमा धनुषाको जनकनन्दनी गाउँपालिका ५ बनरझुल्लाबाट दुवै जनालाई रकमसहित पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार भारतको जयनगरबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश नं. २-०२-००३ प ७०४५ नं. को मोटरसाइकल चेक गर्ने क्रममा दुवै जनाको साथबाट स्रोत नखुलेको १४ लाख रकम बरामद गरिएको हो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Facebook Comments Box