काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले डा. स्वर्णिम वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । भट्टराईले देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले नहुने भन्दै वाग्लेको विद्रोहलाई हल्काफुल्का रूपमा पन्छाउनु उचित नहुने बताएका हुन् ।
वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने उनको भनाइ छ । ‘डा. स्वर्णिम वाग्लेको भद्र राजनीतिक विद्रोह कति ठीक भन्ने कुरा मतदाताले छिटै फैसला गर्ने नै छन्। तर यसलाई त्यत्तिकै हल्काफुल्का रूपमा पन्छाउनु उचित हुनेछैन,’ उनले भनेका छन्, ‘देशको अहिलेको चौतर्फी गम्भीर संकटको समाधान पुरानै घिसिपिटी तरिकाले हुनेवाला छैन। अतः डा। वाग्लेको विद्रोहलाई गम्भीर रूपमा लिऊॅ ! ’
Facebook Comments Box