Author: Nisha Shrestha

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीन वटा क्षेत्रका उम्मेदवारलाई टिकट दिएको छ। शनिबार रास्वपाले पत्रकार सम्मेलन गरेर तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले, चितवन–२ मा रवि लामिछाने र बारा २ मा रमेश खरेललाई रास्वपाले टिकट दिएको हो। वैशाख १० गते तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ।

Read More

काठमाडौँ – नेकपा एमाले पूर्व उपाध्यक्ष भीम रावलसँग संवाद गर्न वार्ता टोली बनाएको छ। शनिबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको ‌संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको हो। उनीसँगै सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र सह इन्चार्ज कर्णराज थापा पनि यस टोलीमा छन्। वार्ता टोलीले रावलसँग संवाद गर्ने र एउटा सहमतिमा पुगेर आवश्यक जिम्मेवारी दिने निर्णय गरेको छ ।

Read More

काठमाडौँ – निवर्तमान उपप्रधान एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफूले कहिल्यै पनि ‘उपप्रधान वा प्रधानमन्त्री बन्दिनँ’ नभनेको बताएका छन् । शुक्रबार उपप्रधान तथा रक्षा मन्त्रीको जिम्मेवारी सम्हालेका खड्काले शनिबार बिहान बाडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम पुगी सञ्चारकर्मीसँगको कुराकानीमा ‘मन्त्री मात्र बन्दिनँ’ भनेको हुँ बताएका हुन् । २०७२ सालमा अर्घाखाँचीको एउटा कार्यक्रममा उनले अब मन्त्री बन्दैन भनेका उनी हालै सरकार गठनका क्रममा काँग्रेसबाट प्रतिनिधित्व गर्दै उपप्रधान तथा रक्षा मन्त्री बनेपछि चौतर्फी रूपमा आलोचित बनेका छन् । अहिले उनको त्यो भनाई चौतर्फी रूपमा आलोचित बनेपछि उनले आफू मन्त्री बन्दैन भनेको र उपप्रधान वा प्रधानमन्त्री नबन्ने नभनेको स्पष्ट पारेका हुन् ।खड्काले धेरै पटक मन्त्री…

Read More

हुम्ला- हुम्लामा रुघाखोकीका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासबाट बिरामी भएकाहरु उपचारका लागि आउने क्रम बढ्न थालेको हो । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरीता बोहराले बताइन् । “दैनिक ८० देखि ९० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जटिल प्रकृतिका बिमारीलाई भर्ना गरेर राख्नुपर्ने भए पनि शय्याको अभाव हुन थालेको छ”, उनले भनिन् । सङ्ख्या बढेपछि भुइँमा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बोहराले बताइन् । प्रदेश सरकारबाट उपलब्ध १० लाख रुपैयाँ बराबरको औषधि दुई महिनाभन्दा बढी समयलाई नपुग्ने अस्पतालका स्टोरकिपर मनिकृष्ण जैसीले बताए । बजेट अभावका कारण…

Read More

काठमाडौँ –  ९ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलन सकिएको छ । चैत १६-१७ गते भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्व सहमतिबाट पारित गर्दै ९ बुँदे घोषणापत्र जारी गरेको महासचिव रोशन पुरीले जानकारी दिएका छन् । नेपाल पत्रकार महासङ्घको ‘राष्ट्रिय मिडिया सम्मेलन’ लुम्बिनी, घोषणापत्र -२०७९ नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आठौँ बैठक नवलपरासीको रामग्राम र ‘राष्ट्रिय मिडिया सम्मेलन’ रुपन्देहीको लुम्बिनीमा सम्पन्न भएको छ । २०७९ चैत १६-१७ गते सम्पन्न केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्व सहमतिबाट पारित…

Read More

काठमाडौँ – भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष रामदास आठवले तीन दिने नेपाल भ्रमणमा आउने भएका छन्। रिपब्लिकन फाउन्डेसन (नेपाल) ले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भारतीय राज्यमन्त्री आठवलेको नेपाल भ्रमणका बारेमा जानकारी गराएको हो। बुद्धका महान् अनुयायी डा। अम्बेडकरको १३२ औँ जन्मदिन पारेर आयोजना गरिएको कार्यक्रमको निमन्त्रणालाई स्वीकार गरी विशिष्ट अतिथिको रूपमा उनी आगामी चैत्र ३० गते नेपाल आउने भएका छन्। ‘नव वर्ष २०८० को पावन अवसर पारी शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक एवम् सम्मान कार्यक्रम २०८० लाई भव्यताका साथ सफल बनाउन र संयोगले बुद्धका महान् अनुयायी डा। अम्बेडकर को १३२…

Read More

बझाङ – चट्टानै चट्टान भएको भीरमा साँघुरो बाटो । यताउता फर्कनै नमिल्ने । माथि हेर्दा चट्टान खस्ला झैँ, तल हेर्दा आँङै सिरिङ हुने । त्यही बाटोमा भारी बोकेर यात्रा गर्छन्, तलकोट गाउँपालिका–२ रुवातोलाका गोविन्द बोहरा । उनी हरेक महिना छ–सात पटक गह्रुँगो भारीसहित तीन दिन पैदलयात्रा गरेर साइपाल पुग्छन् । भारी बोकेरै जीविकोपार्जन गर्ने उनलाई सरकारले रोजगारी दिएन भन्ने गुनासो छैन । सरकारले बाटो मात्रै बनाइदिए उनको मनमा शान्ति हुने बोहराको भनाइ छ । “जीविकोपार्जनका लागि साइपालको भारी बोक्नुपर्छ,” उनले भने, “साइपालमा भारी बोकेर जान सबैभन्दा समस्या यही बाटोमा हुन्छ । पालिकाले रोजगारी नदिए पनि बाटो मात्रै बनाइदिए हामीलाई ठूलो…

Read More

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक जारी छ । आगामी वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो। जारी बैठकले तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्नेछ। तनहुँ-१ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई, रास्वपाले डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। यस्तै चितवन-२ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ, रास्वपाबाट सभापति रवि लामिछाने उम्मेदवार छन्। त्यस्तैगरी, बारा-२ मा रास्वपाबाट रमेश खरेल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, लोसपाबाट राजेन्द्र महतो र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन्।

Read More

बैतडी – सीमानाका झुलाघाटबाट नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई भारत फिर्ता पठाएको छ । नेपाल आउन लागेका भारतको पिथौरागढका ५८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि उनलाई नाकाबाटै भारत फिर्ता पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । दशरथचन्द नगरपालिका–८ मा रहेको त्रिपुरासुन्दरी जात्रामा सहभागी हुन आइरहेका ती पुरुषमा कोरोना देखिएपछि उनलाई नेपाल आउन नदिइएको प्रमुख भट्टको भनाइ छ । उनले भने, “सङ्क्रमित मान्छे जात्रा सहभागी भएपछि त्यसले अन्य मानिसलाई पनि सङ्क्रमण सार्न सक्ने भएकाले नेपाल आउन नदिइएको हो ।” भारतीय नागरिकमा कोरोना सङ्क्रमण देखिएपछि झुलाघाट नाकामा पनि थप कडाइ गरिएको स्वास्थ्य कार्यालय बैतडीले…

Read More

बैतडी – कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट नेपाल भित्रिरहेकाहरूमा दैनिक रूपमा सङ्क्रमण देखिरहेकाले मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा कडाइ गरेर मास्क र कोरोना परीक्षण अनिवार्य गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ समर्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए । भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । उनले भने, ‘सङ्क्रमित दैनिक रूपमा देखा पर्न थालेपछि सीमाबाट भित्रिनेलाई अनिवार्य मास्क र कोरोना परीक्षण कार्य जारी राखेका छौँ ।’ भारतसँग सीमा जोडिएका…

Read More