काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक जारी छ । आगामी वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न एमाले सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको हो।
जारी बैठकले तनहुँ-१, चितवन-२ र बारा-२ मा हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्नेछ।
तनहुँ-१ मा नेपाली कांग्रेसले गोविन्द भट्टराई, रास्वपाले डा. स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ। यस्तै चितवन-२ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ, रास्वपाबाट सभापति रवि लामिछाने उम्मेदवार छन्।
त्यस्तैगरी, बारा-२ मा रास्वपाबाट रमेश खरेल, जनता समाजवादी पार्टीबाट उपेन्द्र यादव, लोसपाबाट राजेन्द्र महतो र जनमत पार्टीबाट शिवचन्द्र कुशवाह उम्मेदवार रहेका छन्।
Facebook Comments Box