काठमाडौँ – भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष रामदास आठवले तीन दिने नेपाल भ्रमणमा आउने भएका छन्।
रिपब्लिकन फाउन्डेसन (नेपाल) ले शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भारतीय राज्यमन्त्री आठवलेको नेपाल भ्रमणका बारेमा जानकारी गराएको हो।
बुद्धका महान् अनुयायी डा। अम्बेडकरको १३२ औँ जन्मदिन पारेर आयोजना गरिएको कार्यक्रमको निमन्त्रणालाई स्वीकार गरी विशिष्ट अतिथिको रूपमा उनी आगामी चैत्र ३० गते नेपाल आउने भएका छन्।
‘नव वर्ष २०८० को पावन अवसर पारी शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक एवम् सम्मान कार्यक्रम २०८० लाई भव्यताका साथ सफल बनाउन र संयोगले बुद्धका महान् अनुयायी डा। अम्बेडकर को १३२ औँ जन्मदिन अप्रिल १४ तारिक र हामी नेपालीको नयाँ वर्ष पनि एकै दिन परेको हुँदा हाम्रो निमन्त्रणालाई स्वीकार गरी भारत सरकारका केन्द्रीय सामाजिक न्याय राज्यमन्त्री तथा रिपब्लिकन पार्टी अफ इण्डियाका अध्यक्ष माननीय रामदास आठवलेज्यु तीन दिने नेपाल भ्रमणका साथै यस कार्यक्रमको अति विशिष्ट अतिथिको रूपमा आउनुहुने जानकारी गराउँछौँ,’ रिपब्लिकन फाउन्डेसन नेपालले जारी गरेको सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।