Author: Nisha Shrestha

काठमाडौँ – नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथ पछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी गरे । उनले भने,‘अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ । समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौँ ।’ साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने पनि उनले बताए । सरकारले खर्च गर्न सक्ने क्षमता बढाउने भन्दै उनले भने लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताए । राजश्व र…

Read More

जनकपुरधाम – महोत्तरीमा एसइईको परीक्षाको सुरक्षाका लागि परीक्षा केन्द्रमा खटेका एक सुरक्षाकर्मीको मृत्यु भएको छ । शुक्रबार महोत्तरीको बलवा नगरपालिका–१० स्थित श्री राष्ट्रिय जनता मावि धमौराको परीक्षा केन्द्रको सुरक्षामा खटेका असई ललनकुमार राय पटेलको मृत्यु भएको हो। पटेलको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइएको थियो । उपचारको क्रममा बिहान करिब साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । असई पटेल जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए।

Read More

काठमाडौँ – नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन् ।

Read More

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार बन्ने पक्का भएको छ । १० वैशाखमा हुन लागेको उपनिर्वाचनमा तनहुँ-१ मा उम्मेदवार हुन रास्वपामा पार्टी भित्र नाम दर्ता गरेका-२ जनाले नाम फिर्ता लिए पछि वाग्ले सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।

Read More

काठमाडौँ – उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा भएको २४ औँ फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने बताएका हुन्। उनले भने,‘वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनरुप सरकारले प्रत्यक्ष रूपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रलाई सुधार गरी विकास निमार्णलाई गुणात्मक बनाउन सरकारले धेरै मेहनत गर्नुपर्छ। अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सरकार सहमत छ। सरकारले…

Read More

काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन्। मन्त्रिपरिषद् विस्तार गरेकै दिन जनमत पार्टीका मन्त्री खानले राजीनामा दिएका हुन्। शुक्रबार दिउँसो बालुवाटार पुगेर उनले राजीनामा बुझाएका हुन्। जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिएका हुन्।

Read More

धनगढी – बझाङमा दुईवटा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी एकै व्यक्तिलाई दिइएको छ। जिल्लाको बुङ्गल नगरपालिका र केदारस्युँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पदमराज उपाध्यायलाई दिइएको हो। बुङ्गल र केदारस्युँको दोहोरो जिम्मेवारी पाएका उपाध्याय हप्तामा ३ दिन बुङ्गल नगरपालिकामा बसेर काम गर्दै आएका छन् भने बाँकी तीन दिन केदारस्युँमा बसेर काम गर्दै आएका छन्। कर्मचारी नपाएर उपाध्यायलाई दोहोरो जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयबाट दिइएको बुङ्गल नगरपालिकाका उपप्रमुख जयबहादुर धामीले बताए। ‘हाम्रो पालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकाले केदारस्युँबाट ३ दिन काम गर्ने हिसावले पदमराज उपाध्याय आउनुहुन्छ,’ उनले भने, ‘बुङ्गल दुर्गम भएर पनि कर्मचारी आउन मान्दैनन्।’ बुङ्गल नगरपालिकामा अघिल्लो पाँच वर्षको बेरुजु…

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) बाट दुई जना मन्त्री बन्ने भएका छन्। पार्टी उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका हुन्। भुसाल कृषि तथा पशुपन्छि विकास मन्त्री र ज्वाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बन्ने भएका हुन्। उनीहरुको शपथ ३ बजे हुँदैछ ।

Read More

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले तीन महिनाको अवधिमा महत्त्वपूर्ण कामहरू गरेको बताएका छन् । शुक्रबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताएका छन् । प्रधानमन्त्रीले भने, ‘बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन्। मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ। राजश्व सङ्कलनमा सुधार आएको छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, रेमिट्यान्समा पनि सुधार आएको छ, सेवा प्रवाह गर्ने कार्यालयका लामा लामा लाइन हटेका छन्। राहदानी, लाइसेन्स लगायतका…

Read More

काठमाडौं – निर्वाचन आयोगले आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि दर्ता भएको राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ । उपनिर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नंं १ र बारा निर्वाचन क्षेत्र नं २ का लागि आयोगको निर्णयअनुसार २६ राजनीतिक दल दर्ता भएका छन् । चितवन क्षेत्र नं.२ का लागि राजनीतिक दल दर्ताको विवरण यसअघि सार्वजनिक भइसकेको छ । उपनिर्वाचनका लागि तोकिएबमोजिमको ढाँचामा मतदाता नामावली उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

Read More