काठमाडौँ – उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान समस्या समाधान गर्न अर्थतन्त्रमा सरकारले सकारात्मक हस्तक्षेप गर्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा भएको २४ औँ फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी अर्थतन्त्र सुधार गर्न सरकारले हस्तक्षेप गर्ने बताएका हुन्।
उनले भने,‘वर्तमान आवश्यकता र नेपाली जनताको आवश्यकता अनरुप सरकारले प्रत्यक्ष रूपमा अर्थतन्त्रमा हस्तक्षेप गरी अर्थतन्त्रलाई सुधार गरी विकास निमार्णलाई गुणात्मक बनाउन सरकारले धेरै मेहनत गर्नुपर्छ। अर्थतन्त्र सुधारको लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। अर्थतन्त्रका वर्तमान समस्या समाधान गर्न सरकारले तत्काल नीतिगत कदम चाल्नुपर्छ भन्ने विषयमा सरकार सहमत छ। सरकारले आज नै मन्त्रीपरिषद्लाई पूर्णता दिएपछि अर्थतन्त्रको विषयमा छलफललाई निश्चित टुङ्गोमा पुर्याउनेछौं।
प्राथमिकताको आधारमा नीति र योजना बनाउनेछौँ। हामी तत्काल निराश हुनुपर्ने स्थिति छैन। अर्थतन्त्रलाई सरकारले यथास्थितिको निरन्तरतामा राख्ने छै्रनौं। सरकारले सकारात्मक हस्तक्षेप गर्नेछौँ। समस्याको समाधान गरी अर्थतन्त्रको गति प्रदान गर्ने दिशातिर जानेछ। सरकारले चुलिँदो व्यापार घाटालाई मन्त्रीहरूले जतिसुकै भाषण र प्रस्ताव पारित गरे पनि मुलुकको अर्थतन्त्र। विकासको यात्रालाई सहिदिशातिर लैजान सकिँदैन। यसबाट ठूलो सङ्कट व्यहोर्नुपर्ने छ।
भ्रष्टाचारको प्रभावकारी नियन्त्रण सहितको सुशासन विकास र समृद्धिको लागि पहिलो सर्त हो। सरकारले पुँजीगत खर्चमा वृद्धि गर्नैपर्ने हुन्छ। व्यापार घाटा कम गर्नको निम्ति उत्पादनमा वृद्धि गर्नुपर्छ। उत्पादन वृद्धिले मात्रै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गरी व्यापार घाटा कम गर्छ।’