Author: Nisha Shrestha

काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हो। राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.5०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो। यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको…

Read More

एजेन्सी – उत्तरपूर्वी सिरियास्थित अमेरिकी आधार शिविरमा बिहीबार भएको ड्रोन आक्रमणमा एक जना अमेरिकी ठेकेदारसहित पाँच जना अमेरिकी सेनाका सदस्य घाइते भएका छन् । आक्रमणमा अर्का एक जना ठेकेदार पनि घाइते भएका अमेरिकी रक्षा मन्त्रालयले बिहीबार राति बताएको छ । इस्लामिक स्टेटका चरमपन्थीविरुद्धको कारबाहीका निम्ति गठबन्धन सेनासँग सहकार्य गरिरहेको अमेरिकी सेनाका सदस्यलाई आवश्यक राशनपानीलगायत अन्य सरसामान आपूर्ति गर्ने ठेकेदार आक्रमणमा मारिएको उक्त मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको हो । अमेरिकी गुप्तचर अधिकारीले उक्त आक्रमण इरानमा निर्मित ड्रोनबाट भएको बताएका छन् । यसैबीच सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा भएको आक्रमणमको प्रतिकारमा अमेरिकी सेनाले हवाई आक्रमण गरेको छ । रक्षामन्त्री…

Read More

काठमाडौँ – नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ । पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत कम रहेको छ । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसङ्ख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ । पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ । ०६८ को गणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो भने पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत रहेको थियो ।

Read More

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणनाबाट उपलब्ध तथ्याङ्कले सुशासनको अभिवृद्धि तथा दिगो विकास लक्ष्यको प्रगति मापनमा सहयोग पुग्ने बताएका छन् । राष्ट्रिय जनगणना–२०७८ को राष्ट्रिय प्रतिवेदन आज सार्वजनिक गर्दै उहाँले जनगणनाबाट जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले गरेका प्रतिबद्धता, राष्ट्रिय विकास लक्ष्यको अनुगमन तथा मूल्याङ्कन र विद्यमान सूचकको विश्लेषणमा सघाउ पुग्ने बताए । ‘सङ्घीय व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहलाई नीति, योजना तथा कार्यक्रम तयार गर्दा तथ्यमा आधारित निर्णय गर्न थप आधारसमेत प्राप्त हुनेछ’, उनले भने, ‘जनगणनाको तथ्याङ्कबाट पन्ध्रौँ योजनाको समीक्षा तथा सोह्रौँ योजना तर्जुमाको अवधारणा पत्र तयार गर्न आवश्यक आधारभूत तथ्याङ्कको आधार पनि प्राप्त हुनेछ ।’ प्रधानमन्त्री…

Read More

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। नियमित तालिका अनुसार हिजो नै बैठक बस्नु पर्ने भए पनि आजलाई सारिएको हो। अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)नियुक्त गर्ने जनाएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भोलिबाट अवकाशमा जाने भएपछि नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो। सिंहको अवकाशसँगै ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुबीच तीव्र प्रतिस्पर्धा छ । वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षकको दाबेदार छन् । यस पटकको प्रहरी महानिरीक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चाहेको व्यक्ति हुनेछन् किनभने गृहमन्त्रीसमेत आफै भएकोले थप कुनै अल्झन व्यहोर्नु तथा प्रेसर महसुस गर्नुपर्ने छैन…

Read More

काठमाडौँ – मुगु केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार मुगुको भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९:५१ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

Read More

काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार सुनको मूल्य ८०० रुपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ – नेकपा (एमाले)ले बागमती प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । नेकपा (एमाले) बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने कार्यक्रम तय गरेको जानकारी दिए । एमाले सरकारबाट बाहिरिएसँगै नेपाली कांग्रेस सरकारमा सहभागी हुने बताइएको छ । गत पुस २५ गते नेकपा (एकीकृत माओवादी केन्द्र) का नेता शालिकाराम जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ । गत फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले यही चैत…

Read More

काठमाडौं – राष्ट्रिय जनगणना ०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको पूर्ण विवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ । गत २०६८ सालको जनगणना अनुसार कूल जनसंख्या २ करोड ६४ लाख ९४ हजार…

Read More

काठमाडौँ – शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघमा तीन मन्त्री र प्रदेशमा एक मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन् । ‘संघमा तीन मन्त्रालय र प्रदेशको एक मन्त्रालय दावी गर्नेगरी पार्टीमा कुरा भएको हो । अध्यक्षले प्रधानमन्त्रीसँगको आजको भेटमा कुरा राख्नुभएको छ’, अध्यक्ष नेपाल निकट स्रोतले भन्यो, ‘त्यसमा प्रधानमन्त्रीले कसरी मिलाउन सकिन्छ म मिलाउने प्रयास गर्छु भन्ने जवाफ दिनुभएको छ ।’ सत्तारुढ दलको शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले भागबण्डाको ठोस प्रस्ताव पेस गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ । चाँडो मन्त्रिमण्डल विस्तार गर्नुपर्छ भन्ने कुरा भयो’, नेता नेपालले प्रचण्डसँगको…

Read More