Author: Nisha Shrestha

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक करिब २ अंकले वृद्धि भई ३५३.९५ विन्दुमा पुगेको छ। यसअघि मंगलबार कारोबारमा नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा आएर रोकिएको थियो । सोही दिन ९१ करोड ७६ लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २६२ कम्पनीको २६ लाख २ हजार ९५६ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको छ । नेप्से सुचकमा…

Read More

काठमाडौँ – प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समिति २१ सदस्यीय हुने भएको छ । समिति सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्र हो । प्रतिनिधिसभा नियमावलीले नै यसको व्यवस्था गरेको छ। सभामुख देवराज घिमिरेसहित दलका प्रतिनिधिहरूको बैठकले समितिमा रहने संख्या निर्धारण गरेको हो । १३ वटा राजनीतिक दल र एक सिट भएका र स्वतन्त्रसमेतको प्रतिनिधित्व हुने गरी समिति बन्नेछ । जसअनुसार समितिमा काँग्रेसका ६, एमालेका ५, माओवादीका २ र अन्य दलका १र१ जना सांसद सदस्य रहने छन् । समितिमा सभामुख, उपसभामुख र कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदेन सदस्य हुन्छन् ।

Read More

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गरेका छन्। बुधबार पार्टीको केन्द्रिय प्रचार विभागले काठमाडौँमा आयोजना गरिएको ‘सम्पादकसँग भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्मै कायम रहनेमा ढुक्क हुन पनि आग्रह गरे। वर्तमान सरकार र सत्तारुढ गठबन्धन कहिलेसम्म रहन्छ ? भन्ने आशङ्का कसै कसैले गर्ने गरेको उल्लेख गर्दै उनले सो कुरा बताएका हुन्। उनले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको पनि बताए। उनले भने, ‘यो कति दिनसम्म रहन्छ भन्ने आशङ्का छ। यसको लामो आयु छैन। कसै कसैले मिति पनि तोकेर त्यसभन्दा…

Read More

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । बुधबार राजधानीमा आयोजित काँग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले यो सरकारलाई हिँडेर कहीँ पुग्छु भन्ने छुट नभएको बताए । दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको र प्रधानमन्त्री तथा मन्त्रीहरूमा ‘वार मेन्टालिटी’ नपाएको उनले बताए । उनले भने, ‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बानेर बस्छ, कहिले कुर्सी खोज्छ ।’ नागरिकमा भरोसा जगाउन सरकारले दगुर्न सुरु गरेर ‘गति पनि छ, लय पनि छ, सङ्कल्प पनि छ र काम पनि…

Read More

डा.अरुणा उप्रेती “पूर्वमा अर्को एउटा मेडिकल कलेज खुल्ने भयो। आउँदो वर्षदेखि पठनपाठन पनि हुने भयो”– खुसीको कुरा हो। तर पूर्वमा ४ वटा मेडिकल कलेज बन्दा सुदूरपश्चिममा चाहिँ बन्न लागेको मेडिकल कलेजलाई पनि बेवास्ता गर्ने देउवा बाका नीतिलाई सुदूर पश्चिमका जनताले देखेका छन्। केही दिनअघि प्रचण्डले ठूलो कुरा गरेछन्– “सुदूर पश्चिमको गेटामा बन्न लागेको पूर्वाधारमा दशरथ चन्द चिकित्सा प्रतिष्ठान बनाउने।” पहिले पहिले बनाएका चिकित्सा प्रतिष्ठानको नै दुर्गति छ, चलाउन स्रोत छैन। अनि अर्को चिकित्सा प्रतिष्ठानको ठूलो कुरा किन गर्नुप¥यो प्रचण्डले रु सजिलोसँग हुने काम छाडेर बन्न लागेको मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने नाम कहिलेसम्म तन्काउने “पेट दुखे पिलिभित, टाउको दुखे पलिया” भन्ने…

Read More

कञ्चनपुर – महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ । अस्पतालमा उत्पादन हुने फोेहर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले बताउनुभयो । “फोहर सङ्कलन गरेर राख्छौँ, सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिन्छ ।” उहाँका अनुसार कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री…

Read More

काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ । आज गृहमन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ। उपप्रधानमन्त्री श्रेष्ठले सरकार सङ्क्रमणकालीन न्याय निरूपण सम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए। राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्ति प्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीतिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताए ।

Read More

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल ४ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । पेटमा समस्या भएपछि शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल आज निको भएर शीतल निवास फर्किएका हुन् । राष्ट्रपति पौडेलको छाती मुनि पेट र बाँया कोखा दुख्ने समस्या रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए।

Read More

काठमाडौं – नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक ९एडिबी० का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गर्नुभएको छ । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उहाँसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् । “उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ”, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछि रासससँग प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भन्नुभयो, “आयोजनाको जग्गा अधिग्रहण ९साइट क्लियरेन्स० समयमा नभएर…

Read More

काठमाडौँ- भारतबाट घर फर्किएका नेपालीहरूमा कोरोना संक्रमण देखिन थालेको छ। बाँकेस्थित नेपाल-भारत सीमा जमुनाहा नाकाबाट नेपाल प्रवेश गरेकाहरूमा कोरोना संक्रमण पाइएको हो। भारतबाट नेपाल आएकाहरूमा कोरोना देखिएसँगै परीक्षणको दायरा पनि बढाइएको जमुनाहा नाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले जानकारी दिइन्। ‘हामीले दिनहुँ १५० देखि २०० जनासम्म परीक्षण गरिरहेका छौं,’ उनले भनिन्, ‘चैत महिनामा मात्र ३० जनामा कोरोना पुष्टि भएको छ।’ कोरोना देखिएका र सामान्य लक्षण भएकाहरूलाई आइसोलेसनमा बस्न आग्रह गरिएको उनले बताइन्।

Read More