काठमाडौँ – प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समिति २१ सदस्यीय हुने भएको छ ।
समिति सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्र हो । प्रतिनिधिसभा नियमावलीले नै यसको व्यवस्था गरेको छ।
सभामुख देवराज घिमिरेसहित दलका प्रतिनिधिहरूको बैठकले समितिमा रहने संख्या निर्धारण गरेको हो ।
१३ वटा राजनीतिक दल र एक सिट भएका र स्वतन्त्रसमेतको प्रतिनिधित्व हुने गरी समिति बन्नेछ । जसअनुसार समितिमा काँग्रेसका ६, एमालेका ५, माओवादीका २ र अन्य दलका १र१ जना सांसद सदस्य रहने छन् ।
समितिमा सभामुख, उपसभामुख र कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदेन सदस्य हुन्छन् ।
Facebook Comments Box