Author: Nisha Shrestha

काठमाडौँ – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चाहना अनुरुप मन्त्री श्रेष्ठ गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार भएका हुन्। सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार एकीकृत समाजवादीको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेपछि मन्त्री श्रेष्ठले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्ने निश्चित भएको हो।

Read More

काठमाडौँ- द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको तर्फबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरुमाथि सभामुखलाई ध्यानाकर्षण गराइएको छ । बुधवार सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारहरुले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका हुन्। उनीहरुले सरकारले संसदमा प्रश्तुत गरेको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु एक पक्षीय भएको आरोप लगाए । उनीहरुले सरकारले एकपक्षीय रुपमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारको माग सम्बोधन नगर्नेगरी विधेयक संसदमा प्रश्तुत गरेको बताए । सरकारले चैत्र १२ गते बसेको प्रतिनिधि सभाको बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु प्रश्तुत गरेको थियो । सोही विधेयकहरुलाई लिएर द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले सभामुखसँग सरकारले ल्याएको संक्रमणकालीन विधेयक एकपक्षीय रहेको गुनासो गरे । सभामुख घिमिरेले द्वन्द्वलाई व्यवस्थापन गर्न पहिलादेखि नै समयसमयमा विभिन्न…

Read More

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताएका छन् । बुधबार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले सरकार फेरबदल भइरहँदा स्थानीय तहलाई पनि काम गर्न कठिनाइ हुने गरेको कुराको जवाफ दिँदै सरकार पाँच वर्ष नै टिक्नेमा ढुक्क हुन आग्रह गरे । प्रधानमन्त्री दाहालले भने,’कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईँ ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ…

Read More

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल कोरोनाबाट प्रभावित हुँदा विभिन्न विकासका साझेदार तथा गैर सरकारी संघसंस्थाहरुले जीवन रक्षाका लागि स्रहानीय सहयोग उपलब्ध गराएको स्मरण गर्नुभयो । उहाँले गुड नेर्वस इन्टरनेशनल नेपालको नेपालमा कार्य सुरु गरेको २० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा धधसो कुरा बताउनुभएको हो । अध्यक्ष तिमिल्सनाले कोरोना महामारीमा दक्षिण कोरियाले गरेको सहयोग पनि विर्सन नसकिने बताउँदै गुड नेभर्सले बालबालिकाको शिक्षामा गरेको सहयोगले देशकै समृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ३२ वर्ष अघि दक्षिण कोरियाबाट सुरु भएको गुड नेवर्स इन्टरनेशनलको सामाजिक सेवाको अभियान नेपालमा २० वर्ष पूरा भएको छ । किडार्कका कार्यकारी निर्देशक गोबिन्द बहादुर…

Read More

बैतडी – चैतेदशैँको अवसरमा बैतडीका धार्मिक तथा पर्यटकीयस्थल आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यहाँका शक्तिपीठमा बलिसहित विषेश पूजाआजा हुने गरेकोले बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । यहाँको प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती मन्दिरमा पशु बलिसहित पूजाआजा भइरहेको छ । यस्तै डिलाशैनी, कफलाशैनी सिगास, महारुद्र, अनिरुद्र, शिवनाथ, दोगडाकेदार, वासुलिङ, भूमिराजलगायतका मन्दिरमासमेत जात्रा लाग्ने गर्दछ । नवरात्र सुरु भएदेखिनै यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थी पुग्ने गरेका थिए । चैतेदशैँका दिन आज बलिसहित जात्रा हुने भएकाले बिहानैदेखि भक्तजनको भिड रहेको निङग्लाशैनी मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताउनुभयो । बसाइँसराइ गरेर गएका पनि चैतेदशैँमा पूजापाठका लागि…

Read More

काठमाडौँ – सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै नेकपा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका छन्। मेयेरमाथी भएको अभद्र व्यावहार गरेको भन्दै आज (बुधबार) बिहान एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए। मेयर श्रेष्ठमाथी मंगलबार प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरू दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठमाथि मोबिल छ्यापेका थिए । त्यसको विरोधमा आज एमाले कार्यकर्ताले विरोध गर्दै राजमार्ग अवरुद्ध गरेको प्रहरी महाािरिक्षक चौधरीले बताए । अहिले अवस्था नियन्त्रणमा रहेकोपनि उनले बताए । मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा प्रहरीले एक…

Read More

काठमाडौँ- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनु भएकोथियो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । नेता कुशवाहले केहीबेर अघि रिपोर्टर क्लबमा पत्रकार सम्मेलन गरी आफू सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेको जानकारी गराएका हुन् । उनलाई अध्यक्ष राउतले पार्टीमा स्वागत गरे । बारा-२ बाट निर्वाचित जसपाका नेता रामसहायप्रशास यादव उपराष्ट्रपति निर्वाचित भएपछि उक्त स्थानको सांसद पद रिक्त छ । उपनिर्वाचनमा उक्त क्षेत्रबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको समर्थनमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रले उपेन्द्रलाई उक्त स्थान छोड्ने करिब निश्चित भएपछि कुशवाह त्यहाँ निर्वचनमा उम्मेदवार बन्न जनमत पार्टी प्रवेश गरेका हुन् । सीके राउतले उपेन्द्रलाई संसद…

Read More

काठमाडौँ- सत्तारुढ १० दलको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलको बैठक निष्कर्षविहीन बन्दै आजै ३ बजेसम्मका लागि स्थगित भएको हो । कांग्रेस नेता रमेश लेखकले सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुने बताए । तीन बजे बस्ने बैठकमा थप छलफल गरेर सहमतिमा पुग्न प्रसाय गरिने उनको भनाइ छ।

Read More

खोटाङ -खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरू नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरबाहीका कारण अलपत्र परेका हुन् । मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन् । मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत हारगुहार गरिरहेका छन् । काठमाडौँको गौशालास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक–फरक…

Read More