धनगढी: डोटीमा एक नगर प्रमुख (मेयर) र उनका आफ्नै स्वकीय (सहयोगी) बीच लफडा भएको छ। जिल्लाको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायर र स्वकीय सचिव राजेश ठगुन्नाबीच लफडा भएको हो। राजेशले आफूलाई मेयरबाट खुकुरी प्रहार भएको आरोप लगाएका छन्। तर मेयरले भने सो आरोप झुटो भएको दाबी गरेका छन्। प्रहरीका अनुसार हिजो (बिहीबार) राति करिब साढे ११ बजेको समयमा उनीहरुबीच शिखर नगरपालिकाको वडा नम्बर ११ स्थित बान्डुनिसैनमा लफडा भएको थियो। राजेशले मदिरा सेवन गरेको अवस्थामा मेयरसँग विवाद भएको र मेयरले विवादका क्रममा ढुङ्गाले टाउकोमा हानेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी राजेन्द्र धमलाले महेन्द्रनगरपोष्टलाई बताएअनुसार गाउँकै…
Author: टेकसिंह धामी
धनगढी: कैलालीमा २ मिटरव्याजी पक्राउ परेका छन्। (हिजो) सोमबार जिल्लाको घोडाघोडी नगरपालिका-१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका-५ का यज्ञ तिवारी पक्राउ परेका हुन्। हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका मालिक तिवारीलाई हिजै थुनामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। प्रहरी स्रोतका अनुसार तिवारीका नाममा आधा दर्जन उजुरी परेका छन् भने चौलागाईंका नाममा जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको थियो। उनीहरुलाई सोही उजुरीका आधारमा मिटरव्याज अन्तरगत आपराधिक विश्वासघात, ठगी र अभद्र व्यवहार समेतको मुद्दा चलाइएको जनाइएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीले पनि म्याद थप गर्ने तयारी भैरहेको र उनीहरूमाथि थप…
धनगढी: सरुवा भएको ५ महिनासम्म पनि एक हाकिमले धनगढीमै डेरा जमाएको पाइएको छ। सुदूरपश्चिम प्रदेशको आयुर्वेदिक चिकित्सालयका तत्कालीन निमित्त प्रमुख खगेन्द्र बमले सरुवा भएको ५ महिनासम्म पनि धनगढीमै डेरा जमाएका हुन्। उनको बझाङ सरुवा भएकोमा उनी त्यहाँ नगएको बुझिएको छ। आयुर्वेद अस्पताल बझाङको प्रमुख भएर गएको ५ महिना बित्दा पनि बम धनगढीमै बसेका हुन्। उनी गत वर्ष फागुन २८ गते बझाङ सरुवा भएका थिए। तर, बमले सरुवा भएको १ महिनापछि रमाना बुझे। रमाना बुझेर एकपटक बझाङ पुगेका बम बैसाखमा हाजिर भएर धनगढी फर्केको अस्पताल स्रोतले बताएको छ। स्रोतका अनुसार प्रादेशिक आयुर्वेद चिकित्सालयमा निमित्त प्रमुख भएका बेला करारका कर्मचारी छनौटमा चलखेल…
धनगढी: सुदूरपश्चिममा बर्खासँगै विपत् पनि सुरु भएको छ। लगातारको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटनाहरु घट्न थालेका छन्। सोमबार रातिमात्र कैलालीको गोदावरीमा बाढीले त्यहाँ रहेको पुल क्षेत्रको कटान गर्नुका साथै संरचनामा क्षति पुगाएको छ। त्यहाँ अवस्थित मठ, मन्दिर एवं घरहरुमा बाढी पसेपछि क्षति पुगाएको हो। त्यतिमात्र होइन, गोदावरी नदीमा फसेका १९ जनाको सकुसल उद्दार पनि गरिएको छ। बाढीका कारण नदीमा फसेका ६ जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार गरेको थियो भने स्थानीय युवाको समूहले १४ जनाको उद्दार गरेर सुरक्षित स्थानतर्फ सारेका थिए। यस्तै वर्षाकै कारण गोदावरी नगरपालिका–४ को बुढितोलामा सडक भाँसिएर राजमार्ग अवरुद्ध भएको छ। अहिलेसम्म…
धनगढी: धनगढीको भाटभटेनीमा क्यामेरावालाको आतंक बढेको पाइएको छ। ललिता निवास प्रकरणमा मुछिएर पक्राउ परेपछि हिरासतमा रहेका मीनबहादुर गुरुङ नै संचालक रहेको धनगढीस्थित भाटभटेनी सुपरमार्केटमा क्यामेरा आतंकले उग्र रुप लिएको हो। सेवाग्राहीका अनुसार भाटभटेनीमा छिरेपछि जहिल्यै त्यहाँ १ दर्जन बढी क्यामेराधारी भेटिने गरेको र उनीहरुले रकमसमेत असुल्ने गरेका थिए। धनगढीमा भाटभटेनी खुलेदेखि ती क्यामेरावालाले १०० रुपैयाँका दरले रकम असुल्ने गरेका हुन्। उनीहरूले भाटभटेनीसँगको सेटिङमा सेवाग्राहीको फोटो खिचेवाफत १०० रुपैयाँ र भिडियो खिचेको २०० देखि ५ सयसम्म लिने गरेका थिए। भाटभटेनीको बाहिर (परिसर) मा भीडभाड हुने क्षेत्रमै उनीहरुले क्यामेरावाला धन्दा चलाएका थिए। सेवाग्राहीलाई उनीहरुले कम्तिमा ५ तस्बिर खिचाउनैपर्ने र त्यसको मूल्य १…
धनगढी: यातायात व्यवस्था कार्यालय धनगढीका एक पूर्व कर्मचारी पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार हालै लिखत सम्बन्धि कसुर (किर्ते) मुद्दामा उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा यातायात धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर (करार) नरेन्द्रकुमार कठरिया रहेको स्रोतले महेन्द्रनगरपोष्टलाई बतायो। स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विषेश अदालतले कैलाली प्रहरीलाई पक्राउ गर्न भनेपछि समातेर थुनेको हो। प्रहरीले सोही मुद्दाका २ जना प्रतिवादी फरार रहेको जनाएको छ। फरार हुनेमा यातायात कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाह र कम्प्युटर अपरेटर पवनकुमार रावल रहेका छन्। तत्कालीन समयमा यातायातमा कार्यरत शाहको हालको दरबन्दी मुख्यमन्त्रीको कार्यालय धनगढी र रावलको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा…
धनगढी: कैलालीकी मञ्जु रावलको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। डेढ महिनादेखि बेपत्ता भनिएकी लम्कीचुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया रावलको सामुदायिक वनभित्र लास फेला परेपछि हत्या भएको खुलेको हो। प्रहरीले खोजी गर्दैगर्दा रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला पारेको थियो। रावल जेठ २५ गतेदेखि बेपत्ता भएकोमा (आज) आइतबार शव फेला परेको थियो। शव फेला परेपछि अनुसन्धान थालिएकोमा रावलको हत्या आरोपमा आजै ४ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दले जानकारी दिए। उनका अनुसार लम्कीचुहा नगरपालिका- ४ भल्का बस्ने ४० वर्षीया गोमा रावल, सोही ठाउँकी बर्षा रावल, २४ वर्षीय भरत रावल र…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रमा व्यापक मनोमानी गरेको पाइएको छ। सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृतसमेत रहेका प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रका प्रमुख (हाकिम) हेमराज खड्काले मनोमानी गरेको पाइएको हो। हाकिम खड्काले प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रको कार्यालय मात्रै २ जिल्लामा राखेका छन्। सुरुमा कञ्चनपुरको स्वास्थ्य कार्यालयमै प्रवर्द्धन केन्द्रको कार्यालय स्थापना गरेकोमा अहिले त्यो कार्यालय सारिएको छ। सो कार्यालय अहिले हाकिम खड्काले स्वास्थ प्रवर्द्धन केन्द्रका लेखापालसमेत रहेका आफ्नै कर्मचारी पबेन्द्र भट्टको घरमा सारेका हुन्। लेखापाल भट्टले आफ्नो घरमा गत वर्ष माघदेखि मासिक ३० हजार भाडा तिर्नेगरी अफिस सारिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार…
धनगढी: धनगढीमा अवैध रुपमा अस्पताल चलिरहेको पाइएको छ। गत वर्षको असारबाट संचालनमा आएको धनगढीस्थित संजीवनी अस्पताल अवैध रुपमा चलिरहेको पाइएको हो। स्रोतका अनुसार मेडिकल माफियाको नामले परिचित दुष्यन्त बस्नेत सञ्चालक रहेको सो अस्पतालले हालसम्म पनि संचालन स्वीकृती पाउन सकेको छैन्। सो अस्पताल बस्नेतले बिना स्वीकृति चलाइरहेका छन्। यति मात्र होइन, सेती प्रादेशिक अस्पतालको नजिकैबाट सेवा संचालन गरेको अस्पतालले सोही ठाउबाट संचालन स्वीकृती नपाउदा राष्ट्र बैंक नजिकबाट पनि सेवा संचालन गरीरहेको छ। संजीवनी अस्पतालले गत वर्ष संचालन स्वीकृतीका लागि धनगढी उपमहानगरपालिकामा निवेदन दिएको थियो। तर, उपमहानगरले पूर्वाधार निरीक्षण गर्दा उपयुक्त नदेखिएपछि अनुमति प्रक्रिया रोकेको थियो। धनगढी उपमहानगरले अनुमति नदिएपछि संजीवनी अस्पतालका…
धनगढीः सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीका स्वास्थ्य कर्मचारी आन्दोलित बनेका छन्।उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएर आएका कर्मचारीको हाजिर रोकेपछि उनीहरु आन्दोलित भएका हुन्। जसका कारण कर्मचारीहरुले उपमहानगरपालिकाको कार्यालयमा दैनिक धर्ना दिने गरेका छन्। कर्मचारी फिर्ताविरुद्ध गठित संघर्ष समितिले निरन्तर धर्ना कार्यक्रम गरिरहेको छ। यहीँ क्रममा आज समितिले एक पत्रकार सम्मेलन आयोजना गरेको थियो। सोही पत्रकार सम्मेलनमार्फत आन्दोलित स्वास्थ्यकर्मीले धनगढीका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ फरार रहेको जनाएका छन्। विगत १ हप्तादेखि आफूहरुले समस्या समाधानको पहलका लागि सम्पर्क र भेटघाट गर्न खोज्दा उनी सम्पर्कमा नआएको उनीहरुको दाबी छ। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कैलालीका अध्यक्ष विमलप्रकाश जोशीले हाकिम श्रेष्ठ कर्मचारीको नेतृत्व…