धनगढी: कैलालीको अत्तरियामा आफूलाई कलाकार तथा व्यवसायी बताउने ज्ञानेन्द्र खड्का हिरासतमुक्त भएका छन्। इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी रण चन्दले खड्कालाई हाजिरजमानीमा छाडिएको जानकारी दिए। उनी अभद्र व्यवहार अन्तरगतको कसुरमा पक्राउ परेपछि हिरासतमा थिए भने मंगलबार उनी छुटेका हुन्।प्रहरी स्रोतका अनुसार उनको भारतको राजधानी दिल्लीमा गत अप्रिल ११ मा भएको एक ठूलाे चोरी घटनामा कनेक्सन देखिएपछि समातिएका थिए। उनीसँगै सो प्रकरणमा संलग्न रहेका अन्य ७ जना पनि प्रहरी हिरासतमा थिए। उनीहरूलाई इलाका प्रहरी कार्यालय घोडाघोडा सुखडले मुद्दा चलाएकोमा आज उनीहरू अदालतमा पेस भएका छन्। आज (बुधबार) उनीहरूलाई छाड्ने या थुनामै राख्ने भन्नेबारे छिनोफानो हुनेछ। भारतकै राजस्थान बस्ने दिल्लीमा घर भएका…
Author: टेकसिंह धामी
धनगढी: भारतको राजधानी दिल्लीमा गत अप्रिल ११ मा भएको एक ठूलाे चोरी घटनामा संलग्न रहेका ८ जना प्रहरी हिरासतमा छन्। राजस्थान बस्ने दिल्लीमा घर भएका भारतीय नागरिक कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा विभिन्न किसिमले जोडिएका ८ जना हिरासतमा पुगेका हुन्। कानुनी जटिलताका कारण उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको बताइन्छ। दिल्लीमा योजनाबद्ध रुपमा भएको सो चोरीको घटनापछि भारतीय दूतावासमार्फत समन्वयका लागि नेपाल प्रहरी प्रधान कार्यालयलाई अनुरोध आएपछि खोजबिन थालिएको थियो। त्यसपछि सो घटनामा पक्राउ परेकामध्ये धनगढीका तीनजना सुनचाँदी व्यवसायी रहेका छन्। उनीहरूमा अछामको मेल्लेख गाउँपालिकाको सेल गाउँका राजेश साउद, गोकुल साउद, सुरेश साउद, धनगढीको एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा,…
धनगढी: कञ्चनपुर जिल्लामा हालै घटेका दुई शंकास्पद घटनाले स्थानीयवासीलाई त्रासमा पार्दै प्रहरीको शान्ति सुरक्षा एवं अनुसन्धानप्रति समेत प्रश्न खडा गरेको छ। बैशाख ९ गते बेलौरी नगरपालिका–१० मा एक व्यक्ति मोटरसाइकलसहित जलेको अवस्थामा फेला परेका थिए भने केही दिनपछि बैशाख १७ गतेको बिहान लालझाडी गाउँपालिका–४ सिकलपट्टीजाई शिविर नजिक अर्को पुरुष मृत अवस्थामा भेटिएका थिए। हरिकिशन राना रहस्यमय मृत्यु प्रकरण बेलडाँडी गाउँपालिका–३ कमरीका ५० वर्षीय भैंसीपालक किसान हरिकिशन राना बैशाख ९ गते बेलौरी नगरपालिका–१० स्थित कलकत्ता क्षेत्रको निर्मल शारदा आर्यघाट नजिक मोटरसाइकलसहित पूर्ण रूपमा जलेको अवस्थामा फेला परेका थिए। उनी बिहानै घरबाट मोटरसाइकल लिएर बाहिर निस्किएका थिए। मृतक रानाका आफन्त तथा स्थानीयवासीले…
धनगढी: बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका ४२ वर्षीय सूर्य विष्ट बाउली खोलामा मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले अनुसन्धान जारी नै राखेको छ। प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान थालिएको बताउँदै थप नयाँ कुराहरु पत्ता लागेको पनि जनाएको छ। हिजोमात्रै मृतक विष्टको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएकोमा केही दिनमा रिपोर्ट आउने जिल्ला प्रहरी कार्यालयका बाजुराका प्रमुख, डीएसपी दिलिप कुमार गिरीले जानकारी दिए। उनका अनुसार प्रहरीले थप अनुसन्धानका क्रममा मृतकको भिसेरा टेस्ट गर्ने भएको छ। जसका लागि मृतकको भिसेरा काठमाडौं पठाइएको छ। डीएसपी गिरीका अनुसार घटनास्थल आसपास कुनै सिसीटिभी र घटना रातमा भएकोले अनुसन्धानमा जटिलता उत्पन्न भएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा सुरुमा नातेदारहरु…
धनगढी: बाजुराको बडीमालिका नगरपालिका–९ चौराटाका ४२ वर्षीय सूर्य विष्ट बाउली खोलामा मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले अनुसन्धान थालेको छ। अहिले घटनाको सूक्ष्म अनुसन्धान थालिएकोमा पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका बाजुराका प्रमुख, डीएसपी दिलिप कुमार गिरीले जानकारी दिए। उनका अनुसार मृतक र उनका नातेदारहरुले सँगै बसेर मदिरा सेवन गरेपश्चात घटना भएको देखिएको छ।यस्तै मृतकको टाउकोमा चोट र कुममा घिस्रेको दागहरु पनि देखिएको डीएसपी गिरीले बताए। शव जिल्ला प्रहरी कार्यालयबाट ४ किलोमीटरको दुरीमा रहेको रहेको खोलामा पानीमा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक र उनीसँग बसेर मदिरा सेवन गरेका नातेदारत्यसपछि आ-आफ्नो बाटो लागेको खुलेको छ भने…
धनगढी: कञ्चनपुरको भीमदत्त नगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका क्रममा फेरि सीआईबी टोली परिचालन गरिएको छ। जसका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको २ सदस्यीय टोली महेन्द्रनगरमा खटिएर काम गरिरहेको छ। स्रोतका अनुसार सीआईबी टोलीले निरन्तर निगरानी गर्दै आएको र अनुसन्धान गरिरहेको निर्मला प्रकरण थप नया क्लू फेला पारेको छ। सोही क्रममा टोली घटनास्थलमै खटिएर अनुसन्धान गरिरहेको हो। टोली खटिएकोबारे सीआईबीका प्रवक्ता तथा एसपी सुधिर राज शाहीले महेन्द्रनगरपोष्टलाई पुष्टि गरे। उनका अनुसार सीआईबीले निर्मला प्रकरणको निरन्तर अनुसन्धान जारी राखेको छ। अहिले पनि सूक्ष्म अनुसन्धान जारी रहेकोमा टोली नै खटिएर अनुसन्धान गरिदैछ। यता जिल्ला प्रहरी कार्यालयका…
धनगढी: सुदूरपश्चिमको कैलालीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालयको २४ औं स्थापना दिवस मनाइएको छ। सशस्त्र प्रहरी बल नेपालका एआईजी एवं सशस्त्र प्रहरी प्रधान कार्यालयका मानवस्रोत विभाग प्रमुख वंशीराज दाहालको प्रमुख आथित्यतामा स्थापना दिवस मनाइएको हो। विगतजस्तै २४ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको बाहिनीपती डीआईजी दीपक अधिकारीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्लाका सशस्त्रका कमाण्डर लगायत सरोकारवाला, केही जिल्लाका सुरक्षा समितिका जिम्मेवार व्यक्तित्वहरु कार्यक्रममा सहभागी थिए। यसबीच कार्यक्रममा प्रमुख अतिथि एआईजी दाहालले सम्बोधन गर्दै सुदूरपश्चिमका सवालमा उक्त बाहिनी र मातहत गण तथा अन्य युनिटहरु राष्ट्रिय सुरक्षा कायम गर्ने सवालमा सफल भएको बताएका थिए।…
काठमाडौं: नेपाल प्रहरीमा गरिनै लागेको रिक्त छ एआईजी पदको बढुवा प्रक्रियालाई लिएर विवाद चुलिएको छ। कार्यसम्पादन मूल्यांकनमा कमजोर ठहरिएकाहरूलाई समेत बढुवाको सूचीमा पार्ने प्रयास गरिएको भन्दै आन्तरिक रूपमा असन्तुष्टि देखिएको हो। सूत्रहरूका अनुसार बढुवामा आर्थिक चलखेल भएको आशंका गरिएको छ। एक वरिष्ठ अधिकृतले भने, “पैसाले नै सबथोक हुने रहेछ। कामको कुनै मूल्यांकन छैन। पैसा बुझाएर, चाकडी गरेर बढुवा हुने भएपछि फिल्डमा खटिएर मर्ने किन?” यस्तै राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) सेवाबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका कम्तीमा दुई अधिकारीलाई एआईजीमा समावेश गर्न खोजिएको पनि आरोप लागेको छ। यसले संगठनभित्र असन्तुष्टि बढाएको छ। एक जना भूपू आइजिपीका अनुसार प्रहरीमा बढुवा प्रक्रिया निकै विवादित…
काठमाडौं: काठमाडौं कालिमाटीस्थित पाँचतारे होटेल सोल्टीमा रहेको क्यासिनो माजोङ। जसका मालिक हुन्, विनोद श्रेष्ठ। श्रेष्ठ जसले राजधानी र राजधानी बाहिरको सहर नेपालगन्जमा क्यासिनोको आडमा अनेकन अपराध धन्दा गरिरहेका छन्। श्रेष्ठले व्यवसायी नकाबभित्र आपराधिक कुरूप धन्दा चलाइरहँदा क्यासिनो नियामक निकाय, सरकार तथा प्रहरी प्रशासन भने सेटिङ मिलाएर बिकिसकेका छन्। जसमा प्रहरीले नै मिलेमतो गरेर आर्थिक सेटिङ मिलाएको आरोप लाग्दै आएको छ भने क्यासिनोमा अवैध रुपमा नेपालीलाई प्रवेश गराउनेदेखि हुन्डी कारोबार, नक्कली भारतीय परिचयपत्र बनाउने, अवैध यौन धन्दा, ठगी लगायतका अपराध हुने गरेका छन्। तथापि नियामक निकाय भने मूकदर्शक बनेको देखिन्छ। उसो त सन् १९६८ मा नै अधिराजकुमार हिमालय विक्रम शाहले सोल्टीमा…
काठमाडौं: ३०औं प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर करिब दुई वर्षे कार्यकाल पूरा गरी आज सोमबार राति १२ बजेबाट अनिवार्य अवकाश गए। विद्यमान प्रहरी नियमावली २०७१ मा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण कुँवर राति १२ बजेबाट अवकाशमा गएका हुन्। दुई वर्ष करिब ८० हजार फौजको कमान्ड गर्दै देशको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका कुँवर विवादै विवादमा जेलिए। आईजीपीको कमान्ड सम्हालेदेखि अवकाशको मुखसम्म आइपुग्दा उनी निकै विवादित बने। नक्कली भुटानी शरणार्थी प्रकरण, तत्कालीन गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरण लगायतमा उनी निकै विवादमा तानिए। यस्तै प्रहरीको आन्तरिक सरुवा-बढुवामा पनि उनी विवादरहित बन्न सकेनन्। यतिसम्म कि जाने बखत पनि उनले वरिष्ठ सईहरुको…