कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकी क्षेत्रबाट खैरो हेरोइनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले विशेष सूचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेका भीमदत्त नगरपालिका–२, उल्टाखामका २२ वर्षीय दिपेश डगौरालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई शंका लागी जाँच गर्दा उनले लगाएको कालो रंगको टाउजरको बायाँ खल्तीमा कालो प्लास्टिकमा बेरिएको अवस्थामा खैरो हेरोइन (४.१९ ग्राम) बरामद गरिएको थियो।
पक्राउ परेका डगौरालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरीले जनाएको छ। घटनाको नेतृत्व प्रहरीका वरिष्ठ सई केशव जोशीले गरेका थिए।
Facebook Comments Box