कञ्चनपुर : राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेस कञ्चनपुरले ८ जनाको नाम सिफारिस गरि पठाएको छ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेसबै क्लस्टरमा ८ जनाको नाम सिफारिस गरि पठाएको हो।
काँग्रेसको केन्द्रीय समितिको निर्देशन अनुसार सबै क्लस्टरमा आकांक्षी उम्मेदवारहरुको नामावली सुदूरपश्चिम प्रदेश कार्यसमितिमा पठाएको नेपाली काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए।
उनकाअनुसार खुल्लातर्फबाट केन्द्रीय सदस्य यज्ञराज जोशीसहित चार जनाको सिफारिश गरिएको छ। जसमा यज्ञराज जोशी, बलदेव बोहरा, प्रेम कुमार बिष्ट र ठाकुर बरालको नाम सिफारिस गरिएको छ।
अपाङ्ग तर्फ निवर्तमान जिल्ला सचिव दिवाकर पाण्डेयको नाम सिफारिस गरिएको छ। यस्तै महिलातर्फ कल्पना केसी, माया भट्ट र शान्ता शर्माको नाम सिफारिस गरिएको सचिव भट्ट बताउँछन्।
प्रदेश कार्यसमितिले सिफारिस भएका नामहरु केन्द्रमा पठाउने र केन्द्रले उम्मेदवारको नाम टुंगो लगाउने छ।