काठमाडौं : काठमाडौं नछोड्ने घोषणा गरेको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन्।
प्रधानमन्त्री भएको एक वर्ष पुगेको दिन मंगलवार मात्रै प्रचण्डले काठमाडौं बाहिर नगइ यसै साताबाट सन्देश दिने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए। तर त्यो प्रतिबद्धतालाई उनले भोलिपल्टै लत्याएका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बारपाक सुलिकोट गाउँपालिका समितिले आयोजना गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सहभागी हुन प्रधानमन्त्री गोरखा पुगेका उनको सचिवालयले जनाएको छ।
Facebook Comments Box