कैलाली : माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सचिवालय सदस्यको जिम्मेवारी केन्द्रले नै तोकेको छ ।
माओवादी केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले ११ जनालाई सचिवालयको जिम्मेवारी दिएका छन् । २०७८ फागुन १७ गते प्रदेश अधिवेशन सम्पन्न भएको थियो । प्रदेश कमिटी निर्वाचन भएको २ बर्ष सम्म पनि प्रदेश सचिवालय गठन गर्न नसकेपछि केन्द्रले घोषणा गरेको हो ।
प्रदेशको कार्यलाई व्यवस्थित गर्न लामो समय देखी सचिवालय गठन नभएको भन्दै अर्को व्यवस्था नभए सम्मको लागि प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्यको सिफारिसमा प्रदेश इन्चार्जको नेतृत्वमा ११ सदस्यीय सचिवालय गठन गरिएको अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले जारी गरेको पत्रका उल्लेख गरिएको छ ।
Facebook Comments Box