काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन्।
पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप आरोप लगाएका हुन्।
तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरे । यसमा पार्टीको आधिकारिक दृष्टिकोण आउनु पर्ने उनको भनाइ थियो।
उनले महासमिति बैठकबाट निर्माण हुने नीतिका लागि सबै तहको धारणा लिने व्यवस्था मिलाउनुपर्ने बताए । कांग्रेसको इतिहासमा पहिलो पटक नीति निर्माणका लागि नीतिअधिवेशन गर्दैछ।
त्यो तय भएको नीतिले राष्ट्र र जनताको जीवनमा प्रभाव पार्ने हुनाले ८ लाख ६६ हजार क्रियाशील सदस्यसहित समग्र जनताको अपनत्व हुने गरी नीति निर्माण गरिनुपर्ने महरको धारणा छ।
मुलुक र राष्ट्रको समृद्धिका लागि जनताको धारणा समावेश गरेर अगाडी बढनु पर्ने र त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।