दार्चुला : दार्चुलामा सडकबाट खसेर एक युवकको ज्यान गएको छ।
शुक्रबार विहान ९ बजेतिर जिल्लाको अपि हिमाल गाउँपालिका-६ का १८ वर्षीय अशोकसिह धामीको ज्यान गएको हो।
सिप्टी तपोवन सडकखण्डमा ग्वालेक निर्माण सेवा कम्पनीको बा ३ क ४१९८ नम्बरको स्काइभेटर हेल्परका रुपमा काम गर्दै आएका धामीको सडकबाट खसेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिए।
शुक्रबार बिहान सोही सडकमा हिँडिरहेका बेला अचानक लडेर धामीको घटनास्थलमै मृत्यु भएको भण्डारीले बताए।
मृतक धामी सडकबाट ५ सय मिटर तल खसेका थिए। मृतकको शव लटिनाथ स्वास्थ्यचौकीमा राखिएको छ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box