बैतडी : बैतडीको सिगास गाउँपालिकाको दुदिलाखान–गाँजरी सडकखण्ड बन्द गरिएको छ। सोमबार बिहानैदेखि दुदीलाखान–गाजरी–कुर्चेनेटा–गर्जे सडक संघर्ष समितिले सडक बन्द गरेको हो।
संघर्ष समितिले यसअघि सूचना प्रकाशन गर्दै बन्दको घोषणा गरेका थिए।
कुर्चीनेटादेखि गर्जे जोड्ने सडक निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै सडक बन्द गरिएको संघर्ष समितिका अध्यक्ष पवन चन्दले जानकारी दिए।
उनीहरूले बन्दको अवज्ञा गरेर सवारी चलाएको पाइएमा स्वयम् सवारी धनीले जिम्मेवारी लिनुपर्ने चेतावनी दिएका छन्।
Facebook Comments Box