धनगढी: कैलालीमा सशस्त्रले चौतारी निर्माण थालेको छ। जिल्लाको टीकापुर नगरपालिका(७ मा सार्वजनिक चौतारी निर्माणको कार्य शुभारम्भ भएको हो।
नगरपालिकाको आयोजनामा सोमबार एक कार्यक्रमकाबीच सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रमको अवधारणा अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल र समुदाय बीचको साझेदारीमा सार्वजनिक चौतारी निर्माणको शुभारम्भ गरिएको हो। नगरपालिका प्रमुख रामलाल डगौरा थारुको प्रमुख आथित्यतामा चौतारी निर्माणको सुभारम्भ गरिएको बताइएको छ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गणका गणपती सशस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारी, वडाअध्यक्ष लगायत जनप्रतिनिधी, भद्रभलादमी, पत्रकार, समाजसेबी, बुद्दिजिवी तथा स्थानिय सीमावासीहरुको सहभागिता रहेको थियो।