काठमाडौं : नेपाली सेनाले पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवससरमा पदयात्रा गर्ने भएको छ ।
शाहले तत्कालीन समयमा नेपाल एकीकरणका दौरान प्रयोग गरेको मार्ग हुँदै सेनाले गोरखा दरबारदेखि काठमाडौँसम्म पदयात्रा गर्न लागेको हो ।
भोलिदेखि शुरु हुने पदयात्रा धादिङ तथा नुवाकोट हुँदै काठमाडौँ पुगेर नगर परिक्रमा गर्ने र पुस २७ गते जंगीअड्डामा विशेष कार्यक्रमका बीच पृथ्वी नारायणको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
पदयात्रामा सहभागी फौजले राष्ट्रिय झण्डा, सेनाको आरम्भकालीन पाँच कम्पनीहरु श्रीनाथ, पुरानो गोरख, कालीबक्स, बर्दवाणी गणको झण्डा र दीपज्योतिसहित ऐतिहासिक सैनिक पोशाक र परम्परागत बाजागाजासहित यात्रा गर्नेछन् ।
Facebook Comments Box