धनगढी : माओवादी केन्द्रले राष्ट्रियसभाका चुनावका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ।
राष्ट्रियसभाका १९ सिटमा चुनाव हुनेछ भने माओवादीले ६ सिट भाग पाएको छ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो। २३ पुसमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता हुँदैछ भने ११ माघमा चुनाव हुनेछ।
माओवादीले सुदूरपश्चिम प्रदेशबाट रेणु चन्दको नाम टुंगो लगाएको हो। रेणु माओवादी केन्द्रकि केन्द्रीय सदस्य तथा बैतडी सह-इन्चार्ज हुन्।
कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरूपा शर्मा, लुम्बिनी प्रदेशबाट झक्कु सुवेदी र कर्णाली प्रदेशबाट विष्णु विश्वकर्माको नाम टुंगो लगाएको हो।
सत्ता गठबन्धन मिलेर चुनावमा जाने भएकाले माओवादीले उठाउने सबै उम्मेदवारले जित्ने सम्भावना छ।
Facebook Comments Box