काठमाडौं– छिमेकी देश भारतको राजधानी दिल्लीमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेको छ । दिल्लीमा विगत २४ घण्टामा मात्रै पनि १ हजार २०४ जनामा कोरोना संक्रमण देखिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १२०४ नयाँ मामिलाहरू रिपोर्ट गरिएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा दिल्लीमा ८६३ संक्रमितहरु निको भएका छन् । हाल दिल्लीमा कोरोना सक्रिय बिरामीहरुको संख्या ४५०८ पुगेको छ ।
Facebook Comments Box