कञ्चनपुर : कञ्चनपुरको गुलरिया बजारस्थित एक फेन्सी पसलमा आगलागी भएको छ। हिजो(बुधबार) राति कृष्णपुर नगरपालिका- ५ गुलरियामा शिवराज बिष्टले संचालन गरेको फेन्सी पसलमा आगलागी भएको हो।
२ वटा सटरमा संचालित उक्त पसलमा आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
आगलागी नियन्त्रण गर्न अत्तरिया र झलारीबाट दमकल पुगेका थिए। क्षतिको विवरण आइसकेको छैन।
Facebook Comments Box