कञ्चनपुर: कञ्चनपुरमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। बुधबार साँझ भीमदत्त नगरपालिका -१४ परियामा एसिइ प्बलिक विद्यालय बसको ठक्करबाट सोही ठाउँका ३ वर्षीय बालक कार्तिक कुँवरको मृत्यु भएको हो।
से १ क ९९९ नम्बरको बसको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए।
बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।।
Facebook Comments Box