गोरखा: जिल्ला प्रशासन कार्यालय, गोरखाले सार्वजनिक निकायबाट सेवा प्रवाहका क्रममा कर्मचारी वा बिचौलियाले घुस मागेमा तत्काल सूचना दिन आग्रह गरेको छ।
आज सूचना जारी गर्दै सिडिओ कार्यालयले सेवा लिने क्रममा कर्मचारी वा बिचौलियाले दुःख हैरानी दिएमा वा गैरकानुनी रुपमा घुस मागेमा तत्काल जानकारी गराउन भनेको हो।
त्यस्तै, सार्वजनिक निकायहरुमा भ्रष्टाचारजन्य कार्य भएको सूचना भएमा प्रमुख जिल्ला अधिकारी भोला दाहालको फोन नम्बर ९८५६०५७७७७ मा सम्पर्क गर्न पनि भनिएको छ।
‘सार्वजनिक निकायमा सेवा लिने क्रममा तपाईसँग कुनै कर्मचारी वा बिचौलियाले दुःख हैरानी दिएको वा गैरकानुनी रुपमा घुस–रिसवत मागेको वा सार्वजनिक निकायहरुमा भ्रष्टाचारजन्य कसूर भएको सूचना–जानकारी भएमा निम्न माध्यममा सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं’, सूचनामा उल्लेख छ।
Facebook Comments Box