बैतडी : बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँस्थित एक घरमा आगलागी भएको छ। हिजो(शनिवार) साँझ साढे ६ बजेतिर स्थानीय पुष्कर थलालको दुई तले कच्ची घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति भएको छ।
१ लाख ५० हजार नगदसहित एक तोला आठ आना सुन र ३५ हजार बराबरको अन्न र कपडा गरी पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
विद्युतको तार सर्ट भएर आगलागी भएको र घर पूर्णरुपमा जलेर नष्ट भएको छ। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
Facebook Comments Box