बैतडी : परराष्ट्र मन्त्री एनपी साउदले गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन्। शनिबार बैतडीमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री साउदले जनताबाट अनुमोदित सरकार भएकाले यो सरकार पाँच वर्षसम्म चल्ने बताएका हुन्।
‘जनतामा गठबन्धन गरेर गयौं। महुमत पायौं। माथि आएर गठबन्ध गरेका हैनौं। जनताबाट अनुमोदित भएकाले यो गठबन्धन पाँच वर्ष अकण्टक रुपमा चल्छ’ उनले भने।
प्रधानमन्त्री, मन्त्रीहरू फेरबदल हुने प्रक्रिया भइरहने बताउदै मन्त्री साउदले गठबन्धनले दिगो, भरपर्दो र स्थिरता दिने बताए।
Facebook Comments Box