काठमाडौं– कोरियन भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । कोरियामा रोजगारीमा जानका लागि दिइने भाषा परीक्षा स्थानीय तहको चुनावका कारण स्थगित भएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनलाई देखाउँदै वैदेशिक रोजगार विभाग ईपीएस शाखाले परीक्षा स्थगित भएको जनाएको छ । परीक्षा २६ वैशाखमा हुने भनिएको थियो ।
Facebook Comments Box