काठमाडौं – आज बिहीबार सीवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँट सम्पन्न भएको छ ।
यसमा गोलाप्रथामार्फत कुल ३६ हजार ९४८ जनाले सेयर हात पारेका छन् । जसमध्ये ३६ हजार ९४० जनाले १० कित्ता र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने कुल २२ लाख ५ हजार ६३३ जनाले आवेदन दिएकोमा ३ हजार २७२ जनाको आवेदन रद्द भएको थियो ।
रितपूर्वक आवेदन दिएका २२ लाख २ हजार ३६१ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियो ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ ।
Facebook Comments Box