दार्चुला : दार्चुलामा भन्सार छलीको चामल र चिनी प्रहरीले बरामद गरेको छ।
जिल्लाको महाकाली नगरपालिका–४ बसपार्कबाट सोमबार साँझ प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो।
अवैध चामल र चिनी ओसारपोसार गर्ने ट्याक्टर चालक दुहुँ गाउँपालिका–१ खर्राका उपेन्द्रसिंह धामी र समानका साहु महाकाली नगरपालिका–४ का विनोद पार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी ज्ञानेन्द्र सिंहले जानकारी दिए।
सिंहका अनुसार ९२ कठ्ठा भारतीय अंगुरी चामल र ३ कठ्ठा चिनी बरामद गरिएको हो।
ट्याक्टरमा भन्सार छली गरेर अन्दाजी १ लाख ८४ हजार बराबरको अंगुरी चामल र १० हजार ५ सय रुपैयाँ बराबरको चिनी बरामद गरि आवश्यक कारबाहीको लागि छोटी भन्सार कार्यालयलाई बुझाइएको छ।
Facebook Comments Box