धनगढी : कैलालीमा ३० क्वीन्टल अवैध चिनी बोकेको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले आज (मंगलबार) दिउँसो गौरीगंगा नगरपालिकाको बडैपुरबाट भन्सार छली गरेको चिनी बोकेको सुपप्र०१–००१च३९५७ नम्बरको मालबाहक गाडी नियन्त्रणमा लिएको हो।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी) को टोलीले उक्त गाडीमा रहेको ५० किलोका ६० बोरा चिनी र दुई बोरा बिडी बरामद गरेको हो।
अवैध चिनीसहित बरामद गरिएको ट्रकको मुचुल्का गरेर आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा पठाइने प्रहरीले जनाएको छ।
Facebook Comments Box