कैलाली : अत्तरिया महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणमा जिल्ला अदालतले दुईजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
उक्त प्रकरणको छानविनको माग गर्दै अत्तरिया उद्योग वाणिज्य संघले टिकट व्यवस्थापनको जिम्मा पाएका सचीव दिलिपकुमार साउँद र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराविरुद्ध किटानी जाहेरी दिएको थियो।
किटानी जाहेरी दिएका दुवै जनालाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएपी कुलदिप चन्दले बताए। दुवै जनालाई पक्राउ गर्न प्रहरीले खोजिरहेको उनले बताए।
अत्तरियामा पुस २६ गतेदेखि माघ ७ गते सम्म सञ्चालित सुदूरपश्चिम महोत्सवको आठौं दिन २८ वटा नक्कली टिकट ठेली बरामद गरिएका थिए।
Facebook Comments Box