धनगढी : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको दुई डीआईजीको विशेष दरबन्दी थप्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले साइबर ब्यूरो र केनाइमा दुई डीआईजीको विशेष दरबन्दी थप्ने निर्णय गरेको हो।
यस्तै, एमटी र संगीत विद्यालयमा रहेको १(१ एसएसपी र एसपीका दरबन्दी जनपदतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ।
योसँगै साइबर ब्यूरोका एसएसपी नविन्द अर्याल र केनाईनकी एसएसपी डा देउती गुरूङलाई डीआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्ले तयारी गरेको छ।
हाल यी दुई ईकाइ प्राविधिक प्रहरीतर्फका एसएसपीको नेतृत्वमा रहेको थियो।
अब प्रहरीमा एक एसएसपी र १० एसपी पद रिक्त रहेको छ।
Facebook Comments Box