धनगढीः कञ्चनपुरबाट भन्सार छलीको तोरी बरामद गरिएको छ।
जिल्लाको पुनर्वास नगरपालिका-६ (ङ) गाउँबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएकाे तोरी आज (शनिवार) बिहान सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआईटी) को टोलीले बरामद गरेको हो।
४८ हजारको ६ क्विन्टल तोरी बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
Facebook Comments Box