काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्व सामान्य प्रशासनमन्त्री केशव कुमार बुढाथोकीको निधन भएको छ। झापाको अर्जुनधारा नगरपालिका–८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा सोमबार राति निधन भएको बताइएको छ।
बुढाथोकी करिब हप्ता दिन अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए।
पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय भएका बुढाथोकी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका थिए। उनले ‘आफ्नो आफ्नो सगरमाथा’ नामक पुस्तक पनि लेखेका छन्।
Facebook Comments Box