धनगढी :कञ्चनपुर प्रहरीले कानूनको गलत प्रयोग गरेको महासंघको ठहर गरेको छ।
आज (शनिबार) सुदूरपश्चिम प्रदेश समिति र केन्द्रीय समिति प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीले कानूनको गलत प्रयोग गरेको ठहर गरेको हो।
सुदूरपश्चिम महासंघले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेको भन्दै त्यसको खारेजीको माग गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आइरहेको जानकारी समेत गराएको छ।
महासंघ सुदूरपश्चिमले कानुनको दुरुपयोग गरी प्रहरीले पत्रकारलाई पक्राउ गरेको घटनाप्रति महासंघ घोर भर्त्सना समेत गरेको छ।
महासंघले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को जुन प्रयोजनका लागि ल्याइएको सोही प्रयोजनका निम्ति मात्र प्रयोग गरी दुबै जना पत्रकारलाई तत्काल रिहाइका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
महासचिव रामसिंह ठगुन्नाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम भन्ने हाने ठहर छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी नगर्न नगराउन सम्बन्धित सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौं।’
यस्तै, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सदस्य ऐश्वर्या कुंवर र माउन्टेन टेलिभिजनका कञ्चनपुर समाचारदाता पुष्कर भट्टलाई प्रहरीले साइबर क्राइमको आरोपमा पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल पत्रकार महासंघले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को प्रयोग गलत ढंगले भइरहेको भन्दै त्यसको खारेजीको माग गर्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आइरहेको समेत जनाएको छ।
तर, त्यसको दुरुपयोग गर्दै जुन उद्देश्य र प्रयोजनका लागि कानुन ल्याइएको हो, त्यसलाई गलत तरिकाबाट प्रयोग गरी प्रहरीले पत्रकारद्वयलाई पक्राउ गरिएको यो घटनाले महासंघलाई अत्यन्त दुःखी बनाएको महासचिव रोसन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।