धनगढी : डडेल्धुरामा सिँचाइ योजनामा भ्रष्टाचार गरेको भन्दै एक जनालाई मोसो र चप्पलको माला लगाइएको छ ।
आलिताल गाउँपालिका–३ का जयसिंह महरलाई आइतबार दिउँसो मोहन वैद्य नेतृत्वको पार्टीका व्यक्ति भन्दै आएका युवाको समूहले उनलाई मोसो दलेको प्रहरीले जनाएको छ ।
महेन्द्रनगर पोष्टलाई प्राप्त भिडियोमा मोसो दल्नेहरूले भ्रष्टाचार गर्ने होइन, दलाली गर्ने होइन, दलालहरूलाई यस्तै हुन्छ, कारबाही हुन्छ भनेर भनेका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर कुसुम नायकले पीडित महर सम्पर्कमा आएको र अज्ञात व्यक्तिहरू एक्कासि आएर मोसो दलेको जानकारी दिएको बताए।
उनले मोसो दल्नेलाई आफूले नचिनेको जानकारी दिएको बताए।
Facebook Comments Box