काठमाडौं : टिकटकबाट चर्चामा आएकी मोडल मिस पबी र अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटाको भिडियोलाई लिएर अहिले निकै चर्चा परिचर्चा भइरहेको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियो सेयर गर्दै यी दुईबीच प्रेम सम्बन्ध हुनसक्ने अड्कालबाजी काटेका छन्। उक्त भिडियोमा यी दुईले एक गीतमा रिल्स बनाउँदै रमाइलो गरेका छन्।
अष्ट्रेलियामा खिचिएको यो भिडियो गत साता पोस्ट भएको थियो। मिस पबी नामले चर्चित पवित्रा साँकी यतिबेला अष्ट्रेलिया घुमघाममा व्यस्त छिन्।
यो भाइरल भिडियोमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्नखाले टिप्पणी गरिरहेका छन्। एलिना चौहानका पूर्वप्रेमी समेत रहेका बिष्णु र पविको भिडियो भाइरल भएपछि उनलाई गाली गर्ने पनि उत्तिकै छन्।
तर, यसबीच, मिस पबीले सोमबार फेसबुकबाट यो चर्चाबारे प्रष्टीकरण दिएकी छन्। उनले बुवा भेट्न र एक फिल्म छायांकनको लागि आफू अष्ट्रेलियाको सिड्नीमा रहेको बताएकी छन्।
सोही सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसँग भेट भएको, बिजनेस प्रमोसनको भिडियो बनाउन त्यहाँ बोलाएको र सोही सिलसिलामा भिडियो खिचिएको बताएकी छन्।
उनले सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’ साइन गरेकी छन्। यही फिल्मबाट फिल्ममा डेब्यु गर्ने उनको तयारी छ। सोही फिल्मको सुटिङका लागि उनी अष्ट्रेलिया र न्युजिल्याण्ड पुगेकी हुन्।
सापकोटाको कुरा गर्दा गायिका एलिना चौहानसँग नाम जोडिएपछि उनी चर्चामा आएका हुन्।
उनको स्टाटस जस्ताको तस्तै-
नमस्कार
वास्तविक कुरा म आफ्नो बुबालाई भेट्न र सोही सिलसिलामा एउटा फिल्म सुटिङको लागि आजभोलि अस्ट्रेलियाको सिड्नी सहरमा छु। यसकै सिलसिलामा विष्णु सापकोटा लयातको टिमसंग भेट भेएको थियो। उनीहरु एउटा business promotion को भिडियो बनाउनका लागि त्यहाँ मलाई बोलाइएको र सोही सिलसिलामा खिचिएको भिडियोलाई लिएर नेपाली मिडियाहरुले झुट र भ्रामक समाचार प्रकाशनरप्रसारण गरेको प्रती गम्भीर ध्यानाकर्षण भएको छ। यसरी सत्यतथ्य नबुझि झुट र भ्रामक समाचार लेखी कसैको व्यक्तिगत चरीत्र माथी आंच आउने काम नगर्न नगराउन हुन अनुरोध छ।