काठमाडौं : गायिका एलिना चौहानको स्वर रहेको गीत ‘कट्टा हानिदिन्छु’ विरुद्ध उजुरी परेको छ।
आफ्नो गीतबाट चोरी भएको दाबी गर्दै गायक विश्वराम कार्कीले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।
कार्कीले आफ्नो गीत हुबहु कपी गरेर नेत्र अर्यालको शब्दमा ओबी रायमाझी युट्युब च्यानलबाट ल्याएको उजुरीमा उल्लेख छ।
गायक कार्कीले आफ्नो गीत कपी गर्नेलाई प्रचलित कानुन अनुसार कारबाहीको गर्न माग गरेका छन्।
उजुरीको विषयमा प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयले आज दुवै पक्षलाई छलफलमा बोलाएको बुझिएको छ।
Facebook Comments Box