जिन्दगीका कैयौं गोरेटोमा भन्ने सुनिन्छ, प्रेम बिनाको जीवन शुन्य छ, प्रेम बिना जीवन चल्न सक्दैन भनेर।
कैयौं पटक साथीहरूको जमातमा बसेर प्रेमकै गफगाफमा लाग्दा यी कुराहरू नगर्दा हुदैन् भन्दा साथीहरूले ‘सक्छस् भने त पनि प्रेमको महासागरमा पसेर हेर्न’ भनेको कुरा अझै पनि यो मानस पटलमा जिवित छ।
यसो भनिरहँदा मैले कसैको प्रेम स्वाद नचाखेको भने पटक्कै होइन्। नौ महिनासम्म मेरी आमाले गर्भमा बोकेको प्रेम पृथ्वीमा पाहुनाको रूपमा आएको मलाई यो सुन्दर संसारमा तोते बोली, चिची पापा भन्दै हुर्काएको मलाई नै सर्वस्व ठानी आफू भोकभोकै बसी मेला महोत्सवबाट ल्याएका खानेकुराको स्वाद यो जिब्रोलाई अझै स्मरण छ।
स्कुल पढ्दादेखि क्याम्पसमा अध्ययन गर्दा रेडियोमा जागिर गर्दा विभिन्न सेमिनार गोष्ठीमा सरिक हुँदा कैयौं युवतीसँग गफगाफ मात्रै भयो सबैसँग रमाइलो तरिकाले कुराकानी गर्न रुचाउने म साथीहरूले तपाईंको शायरी सुन्नुपर्छ भनेपछि झनै उत्ताउलो तरिकाले केही सेरहरू युवतीलाई इंगित गरेर सुनाउने म केही समयदेखि मौन भएर सोचिरहेको छु।
के प्रेम बिनाको जीवन साच्चिकै अर्थविहिन नै होला र ?
अझै भनौ आफू सुहाउँदो साथी नपाइएला र ?
यो युगको प्रेम देखेर वाक्क दिक्क लागेर आउँछ, फोनवार्ता सामाजिक संजालमा भएको गफगाफ तन्तर मन्तर स्वर्गकी अप्सरा झैं छौं।
तिमी एक हप्तामै भेटघाट आवश्यकता पूर्ति त्यसपछि प्रेमको उपनाम ‘धोकेबाज हौ तिमी’ हाम्रो प्रेमलाई समाजले स्वीकार गर्दैन।
यी कुरा अक्षरशं लेखिरहँदा मलाई नेपाली चलचित्र बाटोमुनीको फूलमा यश कुमारले स्वर भरेको ‘न आउँ मेरो सामु तिमी मैले छोएको पानी चल्दैन मलाई तिम्रो माया नभएको होईन माया त गाढा छ, तर यो समाज बेर्थे भयो। पिरती के छेकिन्थो सूर्यलाई हातैले गर्नु गर्यो जातल गर्नु गर्यो जातले’ यो गीत सुन्दा मुटु भक्कानिएर आउँछ ।
कसैको वास्तविता थाहा नपाइकन सर्वस्व ठान्नेर उताउलो उमेरमा गरेको प्रेमको त्यही परिणाम भोगी राखेको पो रहेछु झै लाग्छ। गल्फेन्डलाई प्रत्येक पलपलमा सम्झि रहने दौतरी देख्दा एकोहोरो रूपमा सम्झिरन् शिवाय अरू केही रहेन्।
सुनेको थिए महिलाहरूलाई समय दिन सक्नुपर्छ भनेर एकातिर आफ्नो नित्य कर्मको चाप अर्का तिर भविष्यले बाटो खोजिरहेको राप त्यसैमा बेस्त पहाडको उकाली ओराली नधाईकन नहुने मेरा दैनिकीहरू मनका भारीहरू लामबद्ध गरी हिडँदै लेख्दै बोल्ने म कसरी सबै ठाँउबाट समय भ्याउन सक्थे होल्ला र?
यसो फर्किएर हेर्दा समाजको रीतिसंस्कृति भेषभुसा निकै घिन लाग्दो भैइसकेको रहेछ। त्यो युगमा केटी खोज्न सात जोडी जुत्ता फाट्थ्यो अरे। अचेल एक फोन कल नै काफी छ। ‘छोरा पाउनु कहिले हो कहिले, भोटो सिउँनु अहिल्यै’ भने झै देख भेट परै जाओस् अगाडी बुढा बुढीको साईनो उघारिने प्रचलन खुबै छ।
बुढा पाकाले भनेको सुन्छ, ‘जमाना आगलागी भैइ, पहिलेको जस्तो रहेन्’ फेरी कतिपय हजुरआमा बुवाहरुले भनेको सुन्छु, ‘युग अहिलेको राम्रो मान्छे पहिलाका राम्रा।’
अहिले युगमा मान्छे यति किन लोभी पापी बनेका हुन्। हरेक कुराबाट निहीत स्वार्थ मात्रै खोजिरहन्छन्। कसैलाई दया, माया, करुणा भन्ने कुरा बिल्कुल छैन। के युगमा हामी जस्ता मान्छेले जन्मिनु नै भुल हो त?
सबैसँग पैसाले नै अटुट मितेरी गाँसेको पो देख्छु। माया एउटा नाम मात्रै हो रहेछ, यहाँ।
विदेशी वास्नादार अत्तर शरीरमा छर्किएरसुटबुटमा सजिएर गए त युवतीको लछारपछार पो हुन्छ। दौतरीहरू आफूले जिरिङ परेको दारी र कपाल एक महिना पुगेपछि मात्रै काटछाट गर्छन्। यसो भनिरहँदा नारीमाथि आँच आउने कुरा भने पटक्कै होइन्।
प्रेमले पढाइ वा करियर बिगार्ने होइन, प्रेमले पढाइ वा करियरलाई सहयोग गर्न सक्नुपर्छ। एक–अर्कालाई प्रेम गर्दैगर्दा आफूलाई थप निखार्न अनि तिखार्न सक्नुपर्छ। प्रेमले त एक–अर्कालाई सफल बन्न प्रेरित गर्ने, जित्न सहयोग गर्ने, दुवैको पढाइ सुधार्ने, दुवैलाई सफल बनाउने हो।
कमजोर बनाउने, असफल बनाउने, सबै कुरा गुमाउन उक्साउने प्रेम कसरी हुन्छ र? फेरि, प्रेम यो उमेरमा अहिले गर वा नगर भनेर रोक्न सकिँदैन। प्रेम आँखा खोलेर गर्ने हो भने प्रेम गर्ने उमेर हुँदैन। तर, हामीले प्रेम गर्दै गर्दा आफ्नो उद्देश्य र गन्तव्य भने भुल्नु हुँदैन।
तीर्थ नेपाली
लेखक नेपाली डोटीमा बसेर पत्रकारिता गर्नुहुन्छ।