धनगढी : नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई कारबाही गरिएको छ । बिहिबार केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य महरले दिएको राजीनामा स्वीकृत गरेको उल्लेख गरेको छ ।
तर महरले राजीना नदिएको र उनलाई कारबाही भएको बुझिएको छ ।
पार्टीका एक नेताका अनुसार महर विभिन्न विवादहरुमा मुछिएकाले केन्द्रीय सचिवालय बैठकले उनलाई कारबाही गरेको बताए । महर विरुद्ध सचिवालयमा उजुरी समेत परेको बुझिएको छ ।
गत मंसिरमा महरको भनिएको ‘यौनसम्बन्धी विवाद’को एक अडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
Facebook Comments Box