धनगढी : पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले अहिले नेताहरुमा पदको लोलुपता बढेकाले राजनीति धमिलिएको बताएका छन ।
बैतडी समाज कैलालीको पाँचौ साधारण सभाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री चन्दले अहिलेको राजनितिमा पद लोलुपता बढिरहेका कारण राजनिति फोहोरी खेल बनेको बताए ।
‘मानिस पद र सम्पतिको पछि मात्रै दगुरिरहेको हुन्छन्, अहिले त्यो राजनितिमा बढी देखिएको छ, शरिरले साथ दिदैन तर पनि पदमा जान लालायीत हुन्छ ।सम्पत्तीको पछि दगुरिरहेको हुन्छ । बढी सम्पत्ती भयो भने पनि सुख र मनमा शान्ति हुदैन । अहिले नेताहरुमा पद र सम्पत्तीको लोभ जागेकाले राजनीति धमिलियो’ उनले भने ।
पूर्व प्रधानमन्त्री चन्दले बैतडी समाजबाट भइरहेका सामाजिक कामको प्रशंसा समेत गरे ।
Facebook Comments Box
1 Comment
राजनीति मत्रै धमिलिएको भए जे हुन्थ्यो तर देशलाई नै बर्बाद गराएर मानवविहीन हुने स्थिति सृजन भइसक्यो