काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् ।
महासमिति बैठक बस्नुअघि नेता कोइरालाले जिल्ला सभापतिहरूसँग आवश्यक छलफल गरेका हुन् । महासमितिको बैठक आजदेखि तीन दिनसम्म चल्नेछ ।
कोइरालाको सचिवालय बालुवाटारमा भएको छलफलमा समसामयिक राजीतिक घटनाक्रम, महासमिति बैठक लगायत विषयमा कुरा भएको एक जिल्लाका सभापतिले जानकारी दिए ।
छलफलमा अछामका पुष्प शाह, कञ्चनपुरका पदम बोगटी, बैतडीका चतुरबहादुर चन्द, डडेल्धुराका भीम साउद, बाजुराका रामसिंह रावल, बझाङका खड्ग बोहोरा, डोटीका नरेन्द्रसिंह थापा लगायतका कांग्रेस नेताहरू उपस्थित थिए ।
Facebook Comments Box