कैलाली : कैलालीमा जारी नेकपा एमालेको नवौँ अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल सिंह रानाले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्ष पदका अर्का उम्मेदवार डेजी पाण्डेलाई समर्थन गर्दै रानाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
रानाले उम्मेदवारी फिर्ता लिएसँगै जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा जोशी,सचिव डेजी पाण्डे र पूर्व प्रदेश कमिटी सचिवालय सदस्य यज्ञराज ढुङ्गाना गरी तीन जनाबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ ।
उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाको उम्मेदवारी परेको छ भने सचिवमा ममता प्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दको उम्मेदवारी परेको निर्वाचन कमिटिले जनाएको छ ।
उपसचिवमा किशोर शाह, रत्ना कुवर, नृप खड्का, भुवन रिजाल, चुडामणी भट्ट, मदनराज रेग्मी, राजु गुरुङ,चक्र बहादुर विष्ट, अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीले उम्मेदवारी दिएका छन् ।