धनगढी : बैतडीमा मलामी बोकको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
हिजो (बुधबार) मृत्यु भएका धनपती धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा आज ( बिहीबार) दिउँसो पौने २ बजेतिर सु.प.प्र.०१०००१च ३१४६ जीप डिलासैनी गाउँपालिकाको घारडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।
जीप दुर्घटनामा परी डिलासैनी गाउँपालिका–१ धावला बस्ने ५० वर्षीय गोपाल बोहरा रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।
उनका अनुसार, जीपमा सवार १३ जना मलामी सवार रहेका थिए। दुर्घटनामा परी घाइते हुनेमा डिलासैनी–१ का रतन धामी, मन्धिर धामी, अमर धामी, लोकेन्द्र धामी र सुरेन्द्र बोहरा रहेका छन्।
उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। कच्ची सडकमा चल्दै गरेको जीप एक्कासी पछाडि आएर सडकमै पल्टेको बताइएको छ।
जीप चालक डिलासैनी ६ बागगोठका धनबहादुर कठायत फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।