रुपन्देही– रुपन्देही प्रहरीले दुई बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका–३, तिनाउ खोला बगरमा ललाइफकाइ ११ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका–४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
गएको चैत २१ गते पोखरेलले बालिकाहरूलाई जबरजस्ती करणी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जनाएको छ । ती युवकलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box